Fast Nepal News

डा. श्रेष्ठ दम्पतीले आश्रमलाई सहयोग

banner single news

मदन तिमल्सेना
तनहुँ , असोज ३० गते, तनहुँको ब्यास नगरपालिका वडा नम्बर ३ निवासी डा. भोला श्रेष्ठ र डा. ईलिसा श्रेष्ठ ज्युले व्यास ५ मा रहेको वेदब्यास ज्येष्ठ नागरिक आश्रमलाई नगद सहयोग गर्नुभएको छ ।

आफ्नो स्वर्गिय आमा जुठिमायाँ श्रेस्ठको बार्षिक पुण्य तिथिको अबसरमा स्वर्गिय आमाको सम्झनामा तीस हजारको चेक र खाघन्न वेदब्यास ज्येष्ठ नागरिक आश्रमकी सचिव निर्मला मल्ललाई हस्तान्तरण गर्नुभएको थियो । डा. श्रेष्ठले ज्येष्ठ नागरिकहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो । यसरी सहयोग गर्दा आफुहरुलाई आत्मा सन्तुष्टि समेत मिल्ने बताउनु भयो ।

Inside Article Ads

वेदब्यास ज्येष्ठ नागरिक आश्रमकी सचिव निर्मला मल्लले डाक्टर श्रेष्ठ दम्पतीले यस्तो कोभिड १९ महामारीको अवस्थ पनि सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद र आभार प्रकट गर्दै स्वर्गीय आमाको बैकुण्ठ बासको कामना समेत गर्नु भएको थियो ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.