काठमाडौं । नुवाकोटको १ (ख) बाट निर्वाचिन नेकपाका प्रदेश सांसद् बद्री मैनालीले बाटुली लामिछाने बाला फाउण्डेशन बृद्धाश्रम भवन निर्माणका लागि १० लाख रुपिँया सहयोग गरेका छन् ।
सांसद् मैनालीले आफ्नो क्षेत्रमा भएका विकास निर्माणका सबै योजना सार्वजनिक गर्ने क्रममा यस्तो जनाएका छन् । उनले प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत यो योजना पनि समावेश गरेका हुन् । बाटुली १ सय १८ वर्षमा प्रवेश गरेकी छिन् । उनको १९५९ साल चैत्र १० गते सिन्धुपाल्चोकमा जन्म भएको थियो । उनी विश्वकै जेष्ठ नागरिक भनेर चिनिएकी छिन् । सांसद् मैनालीले आफ्नो पारिश्रमिकबाट लामिछानेलाई हरेक महिना ५ हजार रुपिँया उपलव्ध गराउँदै आएका छन् । केही दिनअघि ३० औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा बाटुलीको घर ककनी गाउँपालिका ८ मा पुगेका मैनालीले फाउण्डेशनका लागि आफ्नो विकास कोषबाट १० लाख रुपिँया उपलव्ध गराउने प्रतिबद्धता जनाएका थिए ।
मैनालीले आफ्ना योजनाहरुलाई छिटोभन्दा छिटो पूरा गर्ने समेत स्पष्ट पारेका छन् । मैनालीले सामाजिक क्षेत्रमा रहेर आफ्नो कर्तव्य पूरा गर्दै आएका छन् ।
२९ पुष २०८१, सोमबार
TRENDING
सांसद् बद्री मैनालीले बाटुली लामिछाने बाला फाउण्डेशन बृद्धाश्रम भवन निर्माणका लागि १० लाख रुपिँया सहयोग
Visited 3 times, 1 visit(s) today
यो पनि पढ्नुस