Fast Nepal News

टिम नेपो सैनामैनाको आयोजनामा टिम नेपो स्पिकर अफ द एयर २०७७ प्रतियोगिता हुने भएको छ

banner single news

विश्वमा कोभिड १९ ले शिक्षामा पारेको असरको विषयमा टिम नेपो सैनामैनाले शनिवार टिम नेपो स्पिकर अफ द एयर २०७७ प्रतियोगिता कार्यक्रम हुने भएको छ ।
सैनामैना नगर भित्रका विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने वा बसोबास गर्ने १६ वर्ष देखि २५ वर्ष सम्मका विद्यार्थी युवायुवतीले सहभागिता जनाउन सकिने कार्यक्रम संयोजक शुस्मा पौडेलले बताएका छन्
प्रतियोगीहरुले निशुल्क सहभागि हुन पाउने छन् भने ५ मिनेटमा आफ्नो प्रस्तुति सक्नु पर्ने नियम रहेको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद रु. २५००, १५०० र १००० प्राप्त गर्नेछन् ।
शहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाको प्रमुख अतिथ्यतामा बिहान ११ बजेदेखि सुरु कार्यक्रम हुने क्लबका अध्यक्ष किरण तिवारीले बताएका छन् ।

Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.