
काठमाडौं । ३०अाै अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसकाे उपलक्ष्यमा बाला फाउण्डेसनले विश्वकै जेष्ठ नागरिक भनेर चिनिएकी नुवाकोटकी ११८ बर्षिया बाटुली लामिछानेलाई सम्मान गरेको छ ।
बिहीबार भएको कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री नवराज रावत र विशेष अतिथि नुवाकोटबाटै निर्वाचित नेकपा सांसद बद्री मैनाली रहेका थिए । कार्यक्रममा ककनी गाउपालिका अध्यक्ष मानबहादुर लामा,उपाध्यक्ष सीता खतिवडा,वडा नम्वर ८ वडाध्यक्ष शेषमान लामा, नेकपाका नेता काशीराज अधिकारी , रामहरी श्रेष्ठ, रामशरण भण्डारी, अरनिकाे टेलिभिजनका सगाेत्री अाचार्य, डा .राम थापा, माेहन के.सी, कृष्ण भण्डारी लगायतको उपस्थिति रहेको थियो । फाउण्डेशनको केन्द्रीय तर्दथ समितिकी अध्यक्ष भवानी दाहालकाे अध्यक्षातामा सम्पन्न कार्यक्रममा भयाे। कार्यक्रममा सांसद मैनालीले प्रदान गर्दै अाउनुभयकाे अाफ्नाे पारिश्रमिकबाट मासिक ५ हजारका दरले प्रदान गर्न बाँकी ६ महिनाको चेकमार्फत ३० हजार रूपैँया समेत प्रदान गरेका थिए । मैनालीले लामिछानेको उचित व्यवस्थापन र अावास निर्माणको लागि अाफ्नाे प्रदेश सांसद पूर्वाधार कार्यक्रम अन्तर्गत कार्यविधि र नियमावली अनुरूप मिल्ने अवस्थामा अावास निर्माणका लागि फाउण्डेसनमार्फत १० लाख रूपैँया समेत उपलब्ध गराउने बताए ।
समाजसेवीमोहन केसीले लामिछानेको स्वास्थ्य उपचारकाे लागि २५ हजार रुपैयाँ चेक मार्फत प्रदान गरे ।