Fast Nepal News

आफ्नै विद्यालयको शिक्षकले छात्रा माथी उनकै घरमा अभद्र व्यवहार

"लेटाङ घटना"

banner single news

पारस श्रेष्ठ / दाेलखा

शुक्रबार होलीको दिन लेटाङ नगरपालिका- ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेल कक्षा ७ मा अध्ययन गर्ने एक जना छात्राको घरमा पुगेका रहेछन् । विद्यार्थीसँग पानी मागेपछि उनले दिइछन् ।

घरमा एक्लै भएकी छात्रालाई पानी दिने क्रममा शिक्षकले सुम्सुम्याउने र जबरजस्ती गर्न खोजेछन् । बालिकाले प्रतिकार गरेपछि अरु घटना भएनछ ।

आइतबार बिहान स्कुलमा शिक्षकलाई देखेपछि विद्यार्थीले आफ्ना साथीलाई होलीको दिन भएको दुर्व्यवहारको घटना सुनाइछन् । साथीसँगको सल्लाहपछि उनीहरुले हेडसरलाई शिक्षक पौडेलले गरेको दुर्व्यवहार बारेमा निवेदन दिए ।

शिक्षकले पहिले पनि गलत उद्देश्यले छुने गरेका रहेछन् । स्कुलमा वडाध्यक्ष आइपुगे । त्यसपछि प्रहरीलाई खबर गरियो । प्रहरी स्कुलमा पुगेपछि भने विद्यार्थी र आसपासका मान्छे भेला भएर शिक्षकलाई लैजान दिएनन् ।

Inside Article Ads

भिडले शिक्षकलाई जोगाउन लैजान खोजेको भन्दै अवरोध गर्यो । त्यसपछि अवस्था तनावग्रस्त बन्यो । विद्यार्थीले शिक्षकले प्रयोग गर्ने मोटरसाइकल जलाइदिए । एम्बुलेन्स पनि तोडफोड गरे ।

भिडले दिनभरि शिक्षकलाई निकालेर लैजान दिएनन् । साँझ परेपछि प्रहरीले निकालेर लगेको थियो । लैजाने क्रममा प्रहरीमाथि आक्रमण भयो । एकजनाको मृत्यु नै भयो । शिक्षक यतिबेला हिरासतमा छन् । थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनायो ।

लेटाङमा भिड नियन्त्रण गर्न हम्मे हम्मे परेपछि बिहान ७ बजेदेखि कर्फ्यू जारी छ ।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.