Fast Nepal News

कान्छा समाजसेवी अल्बर्ट खड्का स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिँदै

banner single news

प्रकाश कपाली । काठमाडौ ‌ निरन्तर समाजसेवामा सक्रिय रहँदै आउनुभएका कान्छा समाजसेवी अल्बर्ट खड्काले अब आउँदैगरेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा वडा अध्यक्षको पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। समाजसेवामा सक्रिय भएर लागिरहनु कान्छा समाजसेवी अल्बर्ट खड्काले आफ्नो स्थानीय जनताको समस्यालाई सम्बोधन गर्न र जनताको हकहित सुनिश्चित गर्न तामाकोशी गाउँपालिका वडा नं ३ बाट स्वतन्त्ररूपमा वडा अध्यक्षको पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो। आफ्नो स्थानीय क्षेत्रमा रहेको समस्यालाई उजागर गर्दै विकासमा महिलाको सहभागिता न्यून रहेको, राजनीतिमा युवाको सहभागिताको कमी, विकासका कार्यमा आदिवासी जनजाति र दलितको न्यून सभागिता रहेको, गुणस्तरीय शिक्षा र स्वास्थ्य बाट स्थानीय जनताहरु वञ्चित रहेको, स्थानीय क्षेत्रमा गरिबी भष्टाचार व्यापक रहेको यस विषयलाई उजागर गर्दै जनताको समस्याको साथी भएर जनताको सेवा गर्ने तीव्र इच्छा रहेको बताउँदै जनताको सेवामा समर्पित हुनको लागी तामाकोशी गाउँपालिका वडा नं ३ मा स्वतन्त्र रुपमा वडाध्यक्षमा आफूले उम्मेदवारी दिने धारणा व्यक्त गर्नुभएको छ।

Inside Article Ads
Visited 33 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.