Fast Nepal News

व्यवसाय सञ्चालनको माग गर्दैै ब्यूटिसियनहरुले बुझाए ज्ञापनपत्र

banner single news

राजु भटट्
भरतपुर/कोरोना संक्रमणका कारण वन्द रहेको आफनो पेशा खुलाउन पर्ने माग राख्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल भरतपुर महानगरपालिका कमिटीले बुधबार जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ–चितवन लगायतको संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।
कमिटीकी अध्यक्ष सिता गुरुङ्ग र सचिब लक्ष्मी अमगाई द्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा व्युटिपार्लर बन्द गरेर संक्रमण समाप्त हुने होइन संक्रमण समाप्त गर्न सबै सचेत हुन जरुरी छ । र हामी सौन्दर्यकर्मीहरु संक्रमणका बारेमा सचेत छौं भनिएको छ । ज्ञापनपत्रमा लामो समयको बन्दाबन्दी र निषेधाज्ञाको कारण पेशा धरापमा परेको उल्लेख गर्दै न्यून आय भएका र गरिब परिवारका महिलाहरुले ऋण धन गरेर गरेको पेशा यसरी बन्द हुँदा महिलाहरु डिप्रेशनको शिकार भई आत्महत्या समेत गर्न सक्ने खतरा बढेकाले अबिलम्ब पेशा सुचारु गर्न पाउनुपर्ने माग गरिएको छ ।
महामारी संक्रमण र यसबाट बच्नका लागि अपनाउनुपर्ने सुरक्षा सावधानी आफुहरुले यो भन्दा पहिला पनि अपनाई रहेको र यस किसिमका स्वास्थ्य सुरक्षा आफुहरुको व्यवसायजन्य स्वास्थ्य सुरक्षा भित्रै पर्ने र आफुहरुको पाठ्यक्रमले पनि यो व्यबस्था गरेको भन्दै यसलाई भबिष्यमा अझ कडाइका साथ पालना गर्न आफुहरु तयार रहेको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटी सदस्य अञ्जु गुरुङ्गले बताउनु भयो । केन्द्रीय सदस्य गुरुङ्गले सौन्दर्य पेशा मनोरञ्जनको पेशा नभएर स्वास्थ्य सौन्दर्य सम्बन्धी उद्यम भएकाले उद्यमी महिलाहरु माथि परेको समस्या समाधान गर्न तिनै तहको सरकार चनाखो हुनुपर्ने बताउँदै यसैगरि आफुहरुको पेशालाई अनिश्चित बनाउँदै जाने हो भने अब हामी आत्महत्या होइन सामुहिक आत्मदाह गर्न समेत पछि नपर्ने र हाम्रो यो कदमलाई कायरता होइन राज्य संचालन संयन्त्र माथि एउटा कडा चुनौति बन्न सक्ने केन्द्रीय सदस्य गुरुङ्गले बताउनु भयो ।
अहिले हामीले ज्ञापनपत्र बुझाएका छौं, अब आ–आफनो पसल खोल्नेछौ कुनै दमन धरपकड गरिएमा सामुहिक गिरफतारी दिनेछौ गुरुङको भनाई थियो । आजै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल भरतपुर महानगरपालिका कमिटीले चितवनमा बिभिन्न माग समेटिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल भरतपुर महानगरपालिका कमिटीकी उपाध्यक्ष सिमाकाजी महतो, सचिव लक्ष्मी अम्गाई, केन्द्रीय सदस्य अन्जु गरुङ, बागमती प्रदेश उपाध्यक्ष बालकुमारी रानाभाट, जिल्ला समन्वय समितिको अध्यक्ष सुष्मा तामाङलगायतको सहभागिता रहेको थियो ।

Inside Article Ads
Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.