Fast Nepal News

तनहुँको डुम्रेमा फुड बैंकको स्थापना

banner single news

प्रिति श्रेष्ठ, डुम्रे

तनहुँको डुम्रेमा फुड बैंकको स्थापना गरिएको छ । युनिटी ग्रुपमा आवद्ध युवाहरुले “हुनेले दिएर जानुहोस नहुनेले लिएर जानुहोस् भन्दै तनहुँको डुम्रेमा फुड बैंक सञ्चालनमा ल्याएका हुन् । उक्त फुडबैकंको मंगलवार एक कार्यक्रमका बिच
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले शुभरम्भ गर्नुभएको हो।

अध्यक्ष थापाले कोरोना भाईरसको महामारी र लकडाउनको समयमा गरेर खानुपर्ने वर्ग भोको भएको अबस्थामा युवाहरूको समूहले फुड बैंकको स्थापना सारै सर्हानिय काम गरेकोले
गाउँपालिकाले पूर्णरूपमा सहयोग गर्ने बताउनुभएको थियो ।

Inside Article Ads

अब संसार परिवर्तन विचारले मात्र होइन दिमागले गर्नुपर्छ ,भन्दै सम्पूर्ण युवाहरूलाई यस्तै रचनात्मक काम तिर अगाडि बढ्दै सरकार र देशलाई नै राम्रो सन्देश दिँदै अगाडि बढ्न अनुरोध का साथै कोरोना भाइरस बाट आफु पनि बच्न र अरुलाई पनि बचाउन बच्ने उपायहरुको पालना गर्न सबैलाई आग्रह गर्नुभयो।

युनिटी ग्रुपका संयोजक विक्रम गुरुङको संयोजकत्वमा स्थानीय तथा बिदेशमा रहेका लगायत सहयोगी दाताहरुबाट सहयोग जुटाउदै यस कार्यक्रमको सुरुवात गरिएको साथै गुरुङ्गले बताउनुभएको थियो साथै वहाँले यस पुण्य कार्यमा सहयोग गर्न इच्छुक महानुभावहरुले पनि सहयोग गर्न सक्ने बताउनुभएको थियो । कोरोना भाईरस र लकडाउनको कारण
आफ्नो जुटाउन गार्हो भएका व्यक्तिहरुलाई सहयोग गर्न फुड बैंकको स्थापना गरेर युनिटी ग्रुपले निकै असल कर्म गरेको बन्दीपुर गाउपालिका वडा नं १ का अध्यक्ष भानुभक्त पोखरेल भनाई रहेको थियो । उक्त फुड बैंकबाट सहयोग लिन चाहने व्यक्तिलाई चामल ४ केजी, ५०० ग्राम, नुन १ पोका र सोयाबिन १ पोका दिने गरिएको छ।
सहयोग वितरण शुभारम्भ गरिएको कार्यक्रममा
कार्यक्रममा बन्दिपुर गाउँपालिका वडा नं १ का वडा अध्यक्ष भानुभक्त पोखरेल ,तनहुँ उद्योग वाणिज्य संघ जिल्ला सदस्य सुनिल श्रेष्ठ, डुम्रे इकाई सभापति नेक महम्मद मिया, डुम्रे टोल विकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ खहरे बिरुवा टोल विकास संस्थाका अध्यक्ष राजु खड्गी, ग्रुपका सदस्यहरु, स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.