
प्रकाश कपाली।
विगतको वर्षहरूमा जस्तै यस वर्षको कार्तिक महिनामा कृषक वर्गहरुको धानबाली भित्र्याउने क्रम चलिरहँदा विभिन्न स्थानमा भएको वर्षाको कारण धानबाली नष्ट भएपछि किसानहरु मर्कामा परेका छन्। नेपाल सरकार कृषि मन्त्रालयले समयमै कृषकहरुलाई मौसम सम्बन्धी जानकारी दिई सचेत गराउन नसक्दा यस घटना निम्तिएको धानबाली ध्वस्त हुने स्थितिमा पुगेको हो।
धानबाली नष्ट भएसँगै केही मात्रामा यस समस्याको समाधान गर्न सकिने र कृषक वर्गहरुले यस विषयतर्फ ध्यान दिन सकेमा केही मात्रामा कृषक वर्ग यस समस्याको समाधान गर्दै लाभान्वित हुन सकिने कृषि विज्ञहरुले सुझाव दिएका छन्। खेतमा जमेको पानीलाई निकालेर भिजेको धानलाई सुक्खा स्थानमा राखी सामान्य तापक्रममा धानलाई भिजेको धानलाई राखी सुकाएर सफा भएपछि धान काट्ने हो भने धान नोक्सानी हुनबाट जोगाउन सकिन्छ भन्ने कृषि विज्ञहरुको भनाई रहेको छ। प्राकृतिक विपदको कारण धानबाली धेरै नष्ट भएको हुनाले नेपाल सरकार कृषि मन्त्रालयले समयमै किसानको समस्याको सम्बोधन गर्ने विषयमा ध्यान दिनु अति नै आवश्यक देखिन्छ।कृषक वर्गहरुले समयमै कृषि विज्ञहरुले प्रस्तुत गरेको सुझावलाई आत्मसात् गर्नु अति नै आवश्यक छ।
