Fast Nepal News

विपी जयन्तीमा बुधबार रक्तदान हुँदै

banner single news

काठमाडौ । नेपाली काँग्रेस (विपी) ले नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विपी कोइरालाको १०७ औं जन्म जयन्तीको अवसरमा बुधबार रक्तदान गर्दैछ ।
‘रक्तदान जीवन दान’ भन्ने नारासहित पार्टीको केन्द्रीय कार्यालय गोंगबु आवासीय क्षेत्र सामाखुशीमा दिउँसो १ बजेदेखि रक्तदान गर्न लागिएको पार्टीका कार्यलय सचिव सुशीलराज वाग्लेले जनाए । वाग्लेले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना (कोभिड(१९) रोकथामका लागि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाको कारण रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गरी रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए ।
रगतको अभावमा मृत्युसँग लडिरहेका विरामीको लागि रक्तदानले जीवनदान दिने पनि जनाइएको छ । पार्टीले रक्तदान गर्न ईच्छुकको सजिलोका लागि सचिव वाग्ले ९८५११९७९९६, महामन्त्री सुशीलमान शेरचन ९८५११०५१६१, प्रवक्ता देबेन्द्रप्रकाश पौडेल ९८४१५४५६२० सँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.