
काठमाडौ । माघ ९/ पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७८ औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिको आरती शर्मा, प्रमुख अतिथि प्राध्यापक डा. पदम प्रसाद देवकोटा, विशिष्ट अविधि डिल्लीबजार कन्या क्याम्पसका डा. रुद्रा शर्मा, अतिथि विद्यालयका पूर्व प्रधानाध्यापकहरू, पदमकन्या अल्मुनाइका पदाधिकारीहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकज्यूहरू, अक्षयकोष दाताहरू, पूर्व शिक्षक तथा कर्मचारीहरू, शिक्षक, अभिभावक तथा विधार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापनका अध्यक्ष तथ प्रधानाध्यापक सम्मानित हुनु भएको थियो । कार्यक्रममा विद्यालयमा कक्षा १० २ १२ मा आफ्नो विषयमा सबै विद्यार्थीहरुलाई उतिर्ण गराउनुहुने शिक्षकहरू सुभाष अयार्ल, शशी गोतम, जीव राज अचार्य, दिलेन्द्र जोशी,चन्द्र कार्की, उज्वल खनाल,ईश्वर पोख्रेल,राजेन्द्र भट्टराई,सुमा चित्रकार सम्मानित गरिएको प्र.अ रिता तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार ,कार्यक्रममा विभिन्न विद्यार्थीहरुलाई अक्षयकोष दाताहरुले छात्रवृत्ति प्रदान गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरूको उत्कृष्ट नृत्य प्रदर्शनी,ताईक्योन्दो तथा स्काउटका विद्यार्थीहरूको प्रस्तुती रहेको थियो ।




कार्यक्रम सञ्चालन जीवराज आचार्यले गर्नुभयो। वार्षिकोत्सवकै अवसरमा सरकारी विद्यालयमा पहिलो पटक प्राविधिक धारको दिक्षान्त समारोह सिभिल इन्जिनियरिङ विभाग प्रमुख ई. सुदिप कोइरालाको संयोजनमा सम्पन्न भएको छ। सिभिल इन्जिनियरिङ (प्राविधिक धार) अन्तर्गत कक्षा १२ उत्तीर्ण गरेका सब–इन्जिनियर सरहको योग्यता प्राप्त १७ जना छात्राहरूलाई दिक्षान्त प्रदान गरिएको हो। यस समारोहले सरकारी विद्यालयमा पनि प्राविधिक शिक्षा गुणस्तरीय, व्यवहारिक तथा रोजगारमुखी हुन सक्छ भन्ने सन्देश प्रवाह गरेको छ। कार्यक्रममा विभिन्न अक्षयकोषबाट छात्रवृत्ति वितरण गर्नुका साथै प्रमुख अतिथिले महिला मात्र अध्ययन गर्ने विद्यालय भएतापनि पद्मकन्या विद्याश्रम उत्कृष्ट सरकारी विद्यालयका रूपमा स्थापित भएको उल्लेख गर्नुभयो। कार्यक्रमले पद्मकन्या विद्याश्रमलाई केवल ऐतिहासिक विद्यालय मात्र नभई प्राविधिक तथा सब–इन्जिनियर उत्पादन गर्ने उदाहरणीय सरकारी शैक्षिक संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ रहेको छ।
फाेटाे फिचर










