Fast Nepal News

लिटल बुद्धज् एकेडेमीमा गुणस्तरीय शिक्षा, आधुनिक सुविधा र कौसी खेतीसम्बन्धी सचेतना कार्यक्रम

banner single news

 

काठमाडौं । होटल वज्र गेस्ट हाउसको रमणीय परिसरमा सञ्चालन हुँदै आएको लिटल बुद्धज् एकेडेमीले गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिमार्फत शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ।

विद्यालयमा प्रकाशयुक्त तथा फराकिला कक्षाकोठा, प्रशोधित पिउने पानी, सुरक्षित र स्वच्छ वातावरण, आधुनिक पूर्वाधार तथा स्मार्ट बोर्डसहितको प्रविधिमैत्री शिक्षण प्रणाली अवलम्बन गरिएको विद्यालयले जनाएको छ। यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक र प्रविधिसँग जोडिएको शिक्षा प्रदान गर्न सहयोग पुगेको बताइएको छ।

पूर्व–प्राथमिक तहका बालबालिकाका लागि समृद्ध बालक्रीडास्थल तथा सामग्रीयुक्त कक्षाहरूको व्यवस्था गरिएको छ। पठन–पाठनसँगै कराते, फुटबल, स्काउट, कबड्डी, चेस, संगीत, नृत्य र योग प्रशिक्षणजस्ता अतिरिक्त क्रियाकलापहरू प्रमाणपत्रसहित सञ्चालन गरिँदै आएको विद्यालयले जानकारी दिएको छ।

विद्यालयले विगत २५ वर्षदेखि एस.एल.सी. तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको दाबी गरेको छ, जसले अभिभावकको विश्वास बढाएको विद्यालय प्रशासनको भनाइ छ।

छात्रवृत्ति, यातायात र व्यक्तिगत ध्यान

विद्यालयले शैक्षिक प्रोत्साहनस्वरूप वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने आधारभूतदेखि माध्यमिक तहसम्मका दुई जना विद्यार्थीलाई नगद पुरस्कार तथा मासिक शुल्कमा आंशिक छुट दिने व्यवस्था गरेको छ। साथै प्रत्येक त्रैमासिकमा तहगत रूपमा उत्कृष्ट नतिजा ल्याउने १० जना विद्यार्थीलाई पुरस्कृत गरिँदै आएको छ।

विद्यार्थीहरूको सुविधाका लागि स्कूल जीप/भ्यान सेवा सञ्चालनमा रहेको छ भने कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा तथा व्यक्तिगत सहयोगी कक्षाहरूको व्यवस्था गरिएको विद्यालयले जनाएको छ। सर्वसुलभ शुल्क संरचनामार्फत गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुर्‍याउने उद्देश्य विद्यालयको रहेको उल्लेख गरिएको छ।

Inside Article Ads

कौसी खेती र रैथाने बालीबारे सचेतना

श्रीपञ्चमीको अवसरमा विद्यालय परिसरमै कौसी खेती तथा रैथाने कृषि बाली प्रवर्द्धनसम्बन्धी सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय बासिन्दालाई घरमै उत्पादन गर्न सकिने रैथाने बाली, कौसी खेतीको उपयोगिता, पानी संरक्षण तथा वातावरणीय सचेतनाबारे जानकारी दिइएको विद्यालयले जनाएको छ।

विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै जीवनोपयोगी सीप र वातावरणप्रति जिम्मेवार बन्न प्रेरित गर्ने उद्देश्य राखेको छ।

भर्ना आह्वान

विद्यालय परिवारले अभिभावक तथा विद्यार्थीहरूलाई जारी भर्ना कार्यक्रममा सहभागी हुन आह्वान गर्दै थप जानकारीका लागि
सम्पर्क नं.: ०१–५३०१७०५, ०१–५२८४२३७ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

सूचना: विद्यार्थी भर्ना कार्यक्रम २०८२ माघ ९ गते शुक्रबार दिनभर सञ्चालन रहने विद्यालयले जनाएको छ।

Visited 100 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.