काठमाडौ । फागुन २/ पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७६ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएकाे छ । कार्यक्रमको अध्यक्षता काठमाण्डौ महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष कुश ढकालले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा पूर्व उपप्रधानमन्त्री तथा सङ्घीय सांसद आदरणीय प्रकाश मान सिंहकाे उपस्थित रहेकाे थियाे, अतिथिहरुमा बागमती प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ , शान्ता ढकाल, सदस्यहरू रेणु श्रेष्ठ तथा संगीत पुजारी,विद्यालय निरीक्षक इन्द्र दाहाल, श्रोत शिक्षक रश्मी तमाङकाे उपस्थिती रहेकाे प्र .अ रिता तिवारीले जानकारी दिनु भयाे ।
कार्यक्रममा विद्यार्थीहरूको लागि अक्षयकोष स्थापना गरेर सहयोग गर्नुहुने दाताहरु, शैक्षिक सामग्री तथा पोशाक दिएर सहयोग गर्नु हुने संस्थाहरू तथा खेलकूद प्रशिक्षकहरु सम्मानित हुनुभएको थियो । विद्यालयमा भएका अतिरिक्त कृयाकलावहरू नाचगान,खेलकुद तथा साहित्य प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो । कार्यक्रमलाई सफल पार्न शिक्षक,विद्यार्थी अभिभावक लगायतका सवैकाे उपस्थितिले कार्यक्रम भव्य हुन सफल भएकाे तिवारीले जानकारी दिनु भयाे ।