Fast Nepal News

राष्ट्रियस्तरमा मान्यता पाएको क्यानेडियन स्टडी सेन्टरको शाखा पूर्वी शहर इटहरीमा स्थापना

पूर्वी क्षेत्रका विद्यार्थीलाई लक्षित गरि इटहरी शाखा स्थापना भएको प्रबन्ध निर्देशक राजेश अधिकारीले जानकारी दिए । करियर काउन्सिलिङ, भिसा आवेदन, भाषा शिक्षण तथा भिषा आवेदन सम्बन्धी गरिने दस्तावेजीकरण (डकुमेन्टेसन) सम्बन्धी सम्पूर्ण सेवा दिने उद्देश्यले कार्यालय स्थापना गरिएको उनले बताए ।

banner single news

न्यूज नेपाल एचडी संवाददाता

२१ पुष,काठमाडौँ-शैक्षिक परामर्शदाताको रुपमा राष्ट्रियस्तरमा मान्यता पाएको क्यानेडियन स्टडी सेन्टरले नेपालको पूर्वी क्षेत्र इटहरीमा शाखा कार्यालय स्थापना गरेको छ । क्यानडा अध्ययन गर्न जाने विद्यार्थीको लागि नेपालको उत्कृष्ट परामर्शदाता कम्पनीको रुपमा स्थापित क्यानेडियन स्टडी सेन्टरले विद्यार्थीको सुविधाको लागि काठमाडौं लगायत नेपालको विभिन्न स्थानमा कार्यालय सञ्चालनमा ल्याएको छ ।

विशेषगरी पूर्वी क्षेत्रका विद्यार्थीलाई लक्षित गरि इटहरी शाखा स्थापना भएको प्रबन्ध निर्देशक राजेश अधिकारीले जानकारी दिए । करियर काउन्सिलिङ, भिसा आवेदन, भाषा शिक्षण तथा भिषा आवेदन सम्बन्धी गरिने दस्तावेजीकरण (डकुमेन्टेसन) सम्बन्धी सम्पूर्ण सेवा दिने उद्देश्यले कार्यालय स्थापना गरिएको उनले बताए ।

‘क्यानडा पछिल्लो समय वैदेशिक अध्ययनको केन्द्र बनिरहेको छ । नेपाली विद्यार्थीको रोजाईमा पनि क्यानडा परिरहेको छ,’ उनले भने, ‘क्यानडा जाने विद्यार्थीले क्यानेडियन स्टडी सेन्टरलाई विशेष प्राथमिकता राख्ने गरेको पाइन्छ ।’ उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरु शाखा स्थापनासँगै लाभान्वित भएको पनि अधिकारीले बताए ।

Inside Article Ads

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि किन क्यानेडियन स्टडी सेन्टर नै पहिलो रोजाईमा पर्यो भन्ने प्रश्नमा उनी भन्छन्, ‘बिगत लामो समयदेखि क्यानडा अध्ययन गर्ने विद्यार्थीहरुको लागि मात्रै काम गर्दै आएको र उत्कृष्ट परामर्शदाताहरुबाट परामर्श दिइने भएकाले हाम्रो संस्थाले विद्यार्थीको विश्वास जितेको छ ।’क्यानडास्थित विश्व विद्यालय तथा कलेजहरुसंग उत्कृष्ट शैक्षिक सम्बन्ध रहेको र दक्ष तथा अनुभवी परामर्शदाता तथा भिषा आवेदनको लागि काम गर्ने कर्मचारीहरुबाट भरपर्दो मार्गदर्शन तथा डकुमेन्टेसन सम्बन्धी काम गरिने पनि उनले बताए । ‘प्रत्येक स्टेप्सहरुमा सघाइने, विद्यार्थीको करियर पाथवेलाई विशेष ध्यान दिइने तथा वास्तविक र इमान्दारिताको साथ काम गर्न हामी कटिबद्ध भएकै कारण विद्यार्थीहरुको पहिलो रोजाइमा क्यानेडियन स्टडी सेन्टर भएको हो,’ उनले भने ।

प्रबन्ध निर्देशक अधिकारीका अनुसार विश्वस्तरको शिक्षा प्रणाली तथा विश्वव्यापी रुपमा प्रमाणीकरण भएको प्रभावकारी शिक्षा विधी,लागू,बहुसांस्कृतिक वातावरण भएको हुनाले व्यक्तित्व विकासको लागि उत्तम , तुलानात्मक रुपमा ट्युसन फि र लिभिङ कष्ट अफोर्डेबल भएको, अन्तर्राष्ट्रिय विद्यार्थीको लागि छात्रवृत्ति तथा अन्य अवसरहरु समान भएको,अध्ययनको क्रममा तथा अध्ययन पश्चात काम गर्ने अवसरहरु प्राप्त भएको, उच्च जीवनस्तर भएको मैत्रीपूर्ण, अपराध दर कम भएको सुरक्षित रविश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश भएको विद्यार्थीहरुको स्वास्थ्य सुरक्षामा केन्द्रित कलेज र विश्वविद्यालयहरु क्यानडामा विद्यार्थी जान आकर्षित भएको बताउनुभयो।

Visited 49 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.