Fast Nepal News

विश्वविद्यालयमा भागबन्डा अन्त्य गर्ने प्रधानमन्त्रीको घोषणा

खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीलाई विशेष आह्वान पनि गर्दछु, राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबन्डा होइन, मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन अपिल गर्दछु ।

banner single news

३ पुष,काठमाडौँ —प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूमा हुने गरेको राजनीतिक भागबन्डाको अन्त्य गर्ने घोषणा गरेका छन् । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै उनले अन्य दलहरूलाई पनि भागबन्डाका आधारमा नभएर मेरिटको आधार उपकुलपतिलगायतका पदाधिकारी नियुक्तिका लागि अग्रसर हुन अपिल गरेका छन् ।

‘आजको यो दीक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्वइतिहासमा नै दीक्षान्त समारोहको तमाम शृंखलामा एउटा रेकर्ड हुन गयो, आज म यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबन्डाको अन्त्य गर्ने, मेरिटको आधारमा उपकुलपतिलगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईंहरूको अगाडि व्यक्त गर्दछु,’ त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘यसका निम्ति खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीलाई विशेष आह्वान पनि गर्दछु, राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबन्डा होइन, मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन अपिल गर्दछु ।’

त्रिविमा हालसम्मकै धेरै विद्यार्थी दीक्षित
सोमबार त्रिविबाट ७३ हजार ७४९ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल पनि उपस्थित थिए । समारोहमा १२ हजार ४१५ विद्यार्थी सहभागी भए ।

Inside Article Ads

समाचार नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 55 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.