Fast Nepal News

कक्षा १२ का विद्यार्थिद्वारा शिक्षक शिक्षिकालाई सम्मान

धन्यवाद कार्यक्रम सम्पन्न

banner single news


तपेश जैशी
काठ्माडौँ , चैत्र ०२

रामशाह पथ काठ्माडौँ स्थित पद्मोदय माध्यमिक विद्यालयमा बिहिबार धन्यवाद तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शिक्षिक सत्र २०७८ देखी २०७९ सालमा अहिले कक्षा १२ मा अध्यायन गर्दै गरेका सोही बिधालयका विद्यार्थीहरुद्वारा सो सम्मान कार्यक्रम सम्पन्न भएको हो । सम्मानीत हुनेमा बिधालय , बिधालयका प्रधानाध्यापक नारायण प्रसाद गौतम , सहायक प्रधानाध्यापक निर्मल खतिवडा, शिक्षक चारुभा घिमिरे लगायत ३० जना शिक्षक शिक्षिका र २ जना कार्यालय सहयोगीलाई सम्मान गरिएको हो ।

Inside Article Ads


कार्यक्रमका प्रमुख अतिथी तथा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद गौतमले एतिहासिक र नयाँ खालको कार्यक्रमको आयोजना गरेकोमा सम्पूर्ण विद्यार्थीहरुलाई धन्यबाद दिएका थिए । उनले शुभकामना दिँदै आज यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु हरेक ठाँउहरुमा पुगेको देख्दा अत्यन्तै खुशी लाग्ने गरेको बताए र कक्षा १२ का विद्यार्थिलाई पनि सफलताको शुभकामना दिए । सबै शिक्षक शिक्षिकाहरुले अहिलेको अवस्थामा विद्यार्थीहरुले शिक्षकलाई त्यति आदर, मान सम्मान गरेको नदेख्दा धेरै दुःख लाग्ने गरेको तर यो कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुले आफ्ना गुरु वर्गलाई सम्मान गरेर आफ्ना गुरु प्रति उच्च सम्मन प्रकट गरेको देख्दा निकै खुशी लागेको बताए । उनिहरुले यो कार्यक्रमले आगामी दिनमा अरु विद्यार्थीहरुले पनि धेरै कुरा सिक्ने अवसर प्रदान गरेको बताए । कार्यक्रममा शिक्षिका चारूभा घिमिरेले शुभकामना दिँदै विद्यार्थी र शिक्षक/शिक्षिका बिच नङ र मासुको जस्तो सम्बन्ध रहेको हुनाले शिक्षकलाई जहिले पनि उच्च सम्मान गर्नु पर्ने बताइन्। कार्यक्रममा २०७९ सालकाे व्याचका विद्यार्थीहरुले आफ्ना शिक्षकलाई सम्मान गर्दा निकै गर्व महसुस भएको बताइन्। विद्यार्थिहरूले आफ्ना शिक्षक शिक्षिका वाट राम्रो शिक्षा पाएको र भविष्यमा सफलताको शिखर नचुमेसम्म नझुक्ने बताए । सम्मान ग्रहण गरिसकेपछि शिक्षक शिक्षिका र कार्यलय सहयोगीले पनि निकै खुशी व्यक्त गरेका थिए । शिक्षकहरूले यस्ता कार्यक्रम निरन्तर रुममा आयोजना गर्न आग्रह गरेका थिए ,साथै उहाँहरुले विद्यार्थीहरूको उज्वल भविष्यको कामना समेत गरेका थिए ।
कार्यक्रमको सञ्चालन सोही ब्याचका विद्यार्थी प्रकृती पराजुली र सौरवा पौडेलले गरेका थिए भने कार्यक्रममा शिक्षा ,मानविकी ,विज्ञान , व्यवस्थापनका तर्फबाट १, १ जना विद्यार्थी गरी ६ जना विद्यार्थिले धन्यवाद मन्तव्य राखेका थिए । विज्ञान तर्फबाट रोहित श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमलाई संयोजक तथा कार्यक्रमका सभापती कक्षा १२ का विद्यार्थिहरुको प्रतिनिधित्व गर्दै तपेश जैशिले आफुहरुले कार्यक्रम आयोजना गर्नुको प्रमुख उद्देश्य विद्यालय र शिक्षक शिक्षिकाहरूले आफुमाथी २ वर्ष गरेको मिहिनेत , परिश्रम र त्यागको लागी सानो कार्यक्रम आयोजना गरेको बताइ कार्यक्रमको समापनको घोषणा गरे ।

Visited 126 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.