Fast Nepal News

पद्मकन्या मावि डिल्लीबजारले कक्षा ११ काे अभिमुखिकरण कार्यक्रम सम्पन्न गर्याे

महिला विशेष तिज कार्यक्रमले विद्यार्थीलाई झनै हाैसला थपियो

banner single news

काठमाडौं भदौ १०,प्रकाश कपाली
पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयले कक्षा ११ का विद्यार्थीको स्वागत र तीजको विशेष सन्दर्भमा कार्यक्रम आयोजना गरि अभिमुखिकरण सम्पन्न गरेकाे छ । पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक रिता तिवारीको सभापतित्वमा भएको कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष कुश कुमार ढकाल प्रमुख अथितिको रुपमा सहभागिता सहभागी हुनुभएको थियो।

Inside Article Ads


कार्यक्रममा कक्षा ११ बाट उत्कृष्ट जिपिए ल्याएकी मानविकी संकायका छात्रा सलिना श्रेष्ठ, विज्ञान संकायका सिम्रन दाहाल, शिक्षा संकायको सम्झना खड्का, व्यबस्थापन संकायको दिव्या थापालाई कार्यक्रमका प्रमुख अथिति ढकालले पुरस्कारद्वारा सम्मान गर्नुभएको थियो।

काठमाडौँ जिल्ला खेलकुदबाट विद्यालयको नाम उच्च राखेको ६ जना छात्रालाई पनि प्रमुख अथितिले पुरस्कारद्वारा सम्मानित गरिएको थियो।

यसैगरी पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयका दुई पूर्वविद्यार्थी आरती सुवेदी र रचना दाहाललाई प्रमुख अथितिले मायाको चिनो दिएर सम्मान गर्नुभयो। आरती सुवेदी र रचना दाहाल हाल निजामती कर्मचारीको रुपमा सरकारी सेवामा समेत कार्यरत रहेको र विगतमा पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा पढेर विद्यालयले उत्पादन गरेको विद्यार्थी रहेको समेत विद्यालयका प्रधानाध्यापक रिता तिवारीले बताउनुभयो।

कार्यक्रममा उपस्थित हुनु भएका प्रमुख अथिति तथा वडा नम्बर २९ का अध्यक्ष कुश कुमार ढकालले कार्यक्रममा बोल्नुहुँदै विद्यार्थीले नपढेसम्म विद्यालयको गरिमा नबढ्ने बताउनुभयो। शैक्षिक क्षेत्रलाई सहयोग गर्न स्थानीय सरकारले सहयोग गर्ने भएको हुनाले सबै विद्यार्थीलाई अध्धयनशील भएर विद्यालयको गरिमा बढ्ने काममा अग्रसर हुन समेत प्रेरणा दिनुभयो।

यसैगरी विद्यालयका प्रधानाध्यापक रिता तिवारीले पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयले राज्यको विभिन्न क्षेत्रमा सक्षम जनशक्ति उत्पादन गरेको बताउनुभयो। आफ्नो विद्यालयका कार्यक्रममा उपस्थित दुई पूर्वविद्यार्थीको प्रशंसा गर्दै आफ्नो विद्यालयबाट पढेर गएका विद्यार्थीहरु राज्यका विभिन्न तहमा काम गरिरहेको धारणा व्यक्त गर्नुभयो।बि.सं २००४ सालमा स्थापित यस विद्यालय अन्य विद्यालयको तुलनामा नारी शिक्षामा एक कदम अघि बढेको धारणा समेत उहाँले प्रकट गर्नुभयो। त्यसलगत्तै प्रधानाध्यापकले औपचारिक कार्यक्रम समापन भएको घोषणा गरी अनौपचारिक कार्यक्रम हुने जानकारी दिनुभयो।
अाैपचारिक कार्यक्रम शिवराज पाैडेलले सन्चालन गर्नुभएको थियाे ।
अनौपचारिक कार्यक्रममा लोक दोहोरी गायिका सन्ध्या परियारले आफ्नो गीतद्वारा कार्यक्रममा उपस्थित सबैलाई गीत गाएर मनोरंजन प्रदान गर्नुभयो। पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयका विद्यार्थी सांगितिक प्रस्तुति र नृत्य प्रस्तुत गर्दै अन्त्यमा कार्यक्रम सम्पन्न भएको घोषणा उद्घोषकले गरेलगत्तै कार्यक्रम सम्पन्न भएको थियो।

आजको अभिमुखीकरण सँगै तीज कार्यक्रममा विद्यार्थी,पूर्व विद्यार्थी,शिक्षक, स्थानीय जनप्रतिनिधि, पत्रकारको सहभागिता रहेको थियो।

Visited 44 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.