Fast Nepal News

कक्षा १२ को नतिजा सार्वजनिक,‘ए प्लस’ जीपीए ७ हजार विद्यार्थीले ल्याए

नतिजा टेलिकमको वेवसाइटबाट हेर्न सकिनेछ

banner single news

१७ मंसिर, काठमाडौं । बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार कक्षा १२ को नतिजा प्रकाशित भएको छ । प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार,

तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ४० हजार २३९ छ ।७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५५३ रहेको बोर्डले जनाएको छ । ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ जीपीए ल्याएका छन् ।

तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ जीपीए ल्याएका छन् ।

कोभिड–१९ संक्रमणका कारण परीक्षा दिन छुटेका विद्यार्थीले भने गत बुधबारदेखि परीक्षा दिइरहेका छन् । बोर्डका अनुसार परीक्षामा ४१ विद्यार्थी सहभागी छन् । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र प्रकाशित गरिनेछ ।

Inside Article Ads

बोर्डले एक जना परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै ११ हजार ४९० जनाको परीक्षाफल स्थगित गरेको जनाएको छ । कक्षा ११ को प्राप्ताङ्क नभएका र कक्षा १२ को आन्तरिक मूल्याङ्कनको अंक प्राप्त नभएका परीक्षार्थीहरुको सम्बन्धित विषयको परीक्षाफल स्थगित गरिएको बोर्डले जानकारी दिएको छ ।

आंशिकतर्फ ३१ हजार ५५ सहभागीमध्ये ८१.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । २५ हजार २८८ जना उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी ग्रेड वृद्धितर्फ ९१ ह्जार ९०० सहभागी मध्ये दुई हजार ८८२ परीक्षार्थीको परीक्षा स्थगित गरिएको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.