Fast Nepal News

साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

banner single news

२२ श्रावण,काठमाडौं- प्रत्येक वर्ष साउन महिनाको सोमबार नियमित रुपमा गरिने कर्मको रुपमा हिन्दू धर्मालम्बीहरुले भगवान शिवको पूजा आराधना गर्दै व्रत बस्ने गर्दछ।विशेषगरी भगवान शिवको महिमा आराधना गर्दै भक्तजनहरु श्रावणको सोमबार शिवालयमा भगवान शिवको दर्शन गर्न जाने गर्दछन्। धार्मिक विश्वासमा धेरै भक्तजनको श्रावणको सोमबार शिवालयहरुमा घुईचोँ लाग्ने गर्दछ ।प्रत्येक वर्ष जसरी यस वर्ष श्रावणको चौथौँ सोमवारका दिन देशभरका शिवालयमा भक्तजनहरु श्रद्धाका साथ देशभरका शिवालयमा शिवको दर्शन गर्न गएका छन्।

Inside Article Ads

यस वर्ष साउन महिनामा पाँच सोमबार परेको छ । साउनको सोमबार व्रत गर्नेले अन्तिम सोमबार व्रत उद्यापनका लागि गोदान, पूर्णपात्र वा पूजा लगाउने धार्मिक विधि रहेको छ ।सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो देखिएको छ ।

Visited 55 times, 2 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.