Fast Nepal News

सर्वोदय सेवाश्रमको २१ औं स्थापना दिबस सम्पन्न

२०५९ साल श्रावण ८ गते स्थापना भएको सर्बोदय सेवाश्रमले २०६८ कार्तिक देखि जेष्ठनागरिक आश्रम संचालन गर्दै आएको छ

banner single news

१० श्रावण,लमजुङ , राईनास ८ । सर्वोदय सेवाश्रमको २१ औं स्थापना दिबस योग प्राकृतीक चिकित्साका वरिष्ठ विशेषज्ञ मान्साग्नी हरिप्रसाद पोखरेल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सर्बोदय जेष्ठनागरिक आश्रमका अध्यक्ष सुकदेव रिसालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णराज ओलियाले संस्थाको बार्षिक गतिबिधि र भावि योजना बारेमा र लेखा अधिकृत बिजय मिश्रले संस्थाको बार्षिक आर्थिक गतिबिधि प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रमको शुरुमा हिमालय समर्पण ध्यान योग नेपालका तुलसीराम रेग्मी र बलबहादुर बि क ले तनाव ब्यबस्थापनको प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि डा. हरिप्रसादले सर्बोदय सबै उदय गर्ने

Inside Article Ads

जीवन र जगतको कल्याणको लागि काम गर्ने संस्था हो , सर्बोदयका कालजयी अभियान समाज रुपान्तरण अभियान हो भन्नू भयो । कार्यक्रममा राइनास नगरपालिका शिक्षा शाखा प्रमुख पुर्णबहादुर अक्षामी ,राइनास वडा नं ८ का वडा अध्यक्ष कृष्णबहादुर रानाभाट , शिक्षाप्रेमी अंगराज घिमिरे , समाजसेवी गोविन्दराज न्यौपाने र लवराज ढकाल ज्युले शुभकामना मन्तव्य राख्नु भएको थियो। भने संस्थापक सदस्य गोविन्द मान श्रेष्ठले स्वागत मन्तव्य र ब्याबस्थापक लक्ष्मी प्रसाद मिश्रले सिर्जनामानै स्वागत गर्नु भएको थियो । कार्यक्रममा आजीवन जन्मदिनमा हरेक बर्ष ५०००।(-पाँचहजार ) प्रदान गर्ने बेसिशहर निवासी रामप्रसाद वाग्ले , बैबाहिक बर्षगाँठ आजीवन मनाउने बार्षिक १००००।-( दस हजार ) प्रदान गर्ने सुन्दरबजारका सुरेन्द्रलाल र मिना श्रेष्ठ दम्पती , आफ्नो बार्षिक कमाईको आम्दानी बाट हरेक बर्ष रु ५०००।-( पाँच हजार ) प्रदान गर्ने सुुन्दरबजारका बिष्णुकुमार श्रेष्ठ दम्पती , आफ्ना स्वर्गीय पिता माताको स्मृतिमा हरेक बर्ष २ दिन भोजन सेवा आजीवन प्रदान गर्ने बेसिशहर चिति निवासी इन्दिरा तिवारी, सर्बोदय सेवाश्रम धर्मनाथ धामको गुरुयोजना निर्माण निशुल्क गरिदिनु हुने बेसिशहर -२ निवासी बरिष्ठ इन्जिनियर किशोर थापा ज्युलाई र आफ्नो जग्गाको आफुलाई प्राप्त पराल र मकै नियमित गौशालामा प्रदान गर्ने राइनास -८ निवासी अम्विका ओलिया र स्वयंसेवक भएर पुर्णकालिन आश्रममा सेवा गर्ने सुन्दरबजार निवासी लक्ष्मीप्रसाद मिश्रलाई सामाजिक सेवा सम्मान गरीएको थियो ।२०५९ साल श्रावण ८ गते स्थापना भएको सर्बोदय सेवाश्रमले २०६८ कार्तिक देखि जेष्ठनागरिक आश्रम संचालन गर्दै आएको छ । आश्रममा अहिले १५ जना असहाय जेष्ठ नागरिकले आश्रय लिएका छन् ।आश्रमले यसै बर्षबाट योग प्राकृतिक चिकित्सालय संचालनमा ल्याउने , योग , संस्कृत र संस्कार शिक्षा संचालन र जेष्ठनागरिक दिवा सेवा संचालन गर्ने भएको छ ।

Visited 63 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.