Fast Nepal News

मानव सेवालाई नै धर्मको रुपमा मानेर समाजसेवामा रमाउदैँ युवा समाजसेवी दिनेश परियार

banner single news

१८ असार,काठमाडौँ-इन्द्रेणी कार्यक्रम जस्तै लोकदोहोरी संगीतको माध्यमबाट समाजसेवामा एक युवा समाजसेवी दिनेश परियार नयाँ जोस जागर उमंगका साथ दुखी व्यक्तिहरूको पीडामा मलम लगाउन समाजसेवाको जस्तो पवित्र कार्यमा सक्रिय भएका छन्।

हामी छौँ हजुररूको साथमा टिभीबाट दैनिकरुपमा लोकदोहोरी कार्यक्रम सञ्चालन गरी युवा समाजसेवी दिनेश परियारले हरेक आर्थिक-सामाजिक समस्यामा परेका व्यक्तिहरुलाई सहयोग पुर्याउने उद्देश्यले नियमित कार्यक्रम सञ्चालन गर्दै आएका छन्। हामी छौँ हजुरहरूको साथमा टिभीबाट प्रसारित हुने लोक दोहोरी बाट प्रसारण हुने कार्यक्रममा संकलन भएको विपन्न व्यक्तिहरुलाई आर्थिक सहयोगका साथसाथै अपाङ्ग व्यक्तिहरुलाई प्रत्येक महिना भोजन खुवाउने कार्यक्रम समेत गर्दै आएको छ।

युवा समाजसेवी दिनेश परियार गीतसंगीतको माध्यमबाट विपन्न व्यक्ति र शारीरिक रूपमा अशक्त भएको ब्यक्तिलाई गर्ने मानव सेवा नै धर्म भएको बताउँदछन्। आफू र आफ्ना दुई परम प्रियमित्र विनोद र पुष्करको सहयोग र साथले आफू सक्रिय रुपमा समाजसेवामा लागेको उनको भनाइ छ।

Inside Article Ads

विपन्न र अपाङ्ग व्यक्तिहरुको पिडाको चौतारी बनेका समाजसेवी दिनेश परियार युवा पुस्तामा नेपालमै रहेर पनि समाजसेवा गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त देखिन्छन्। अहिलेको युवापुस्ता दिनप्रतिदिन विदेश पलायन हुँदा पनि युवा समाजसेवी दिनेश परियारले विपन्न र अशक्त व्यक्तिहरुलाई गरेको सहयोगका कारण उनी युवापुस्तामाझ समाजसेवाको क्षेत्रमा एक उदाहरणिय पात्रको रुपमा स्थापित हुन सफल भएका छन्।

समाजमा युवा समाजसेवी दिनेश परियारले जसरी सबै युवा पुस्ताहरुले सामाजिक राजनैतिक क्षेत्रमा योगदान गर्ने हो भने समाजमा स्वत परिवर्तन आउने देखिन्छ। कुनै पनि राम्रो कामका आलोचना नगरी सबैको राम्रो काममा सहयोग र समर्थन गरी त्यसको अनुकरण गर्न अति नै आवश्यक छ।

 

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.