
सुजन बिसि/ समाचार लेखक
४ फागुन,काठमाडौं – हिन्दू धर्मावलम्बीहरूको चाडपर्व शिवरात्री नजिकिँदै गर्दा पशुपति क्षेत्रमा निकै चहलपहल बढेको छ। पशुपति विकास कोषले पनि यस क्षेत्रमा उपस्थित हुने धर्मावलम्बीहरूको सहजताका निम्ति तयारी गरिरहेको छ।

यस पर्वको मुख्य आकर्षण मानिने धर्मगुरुहरु पनि विभिन्न भेषभूषामा सजिएर सक्रियता बढाइरहेका छन्। भिडभाड लाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिने पशुपति विकास कोषले जनाएको छ।
Visited 18 times, 1 visit(s) today
