Fast Nepal News

पद्मोदय माध्यमिक विद्यालयका लेखापाल दिमेशसिंह धर उत्कृष्ट लेखापालको रुपमा काठमाडौँ महानगरपालिकाबाट सम्मानित

banner single news
२८ मंसिर, काठमाडौँ-पद्मोदय माध्यमिक विद्यालयमा तीन दशक भन्दा बढी लेखापालको भूमिकामा रहनुभएका दिमेशसिंह धरलाई काठमाडौँ महानगरपालिकाले उत्कृष्ट लेखापालको रुपमा सम्मानित गरेको छ। काठमाडौँ महानगरपालिकाले २८ औं महानगर दिवसको अवसरमा दिमेशसिंह धरलाई उत्कृष्ट लेखापालको रुपमा सम्मानित गरेको हो। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उहाँलाई उत्कृष्ट लेखापालको पुरस्कार सहित प्रमाणपत्र वितरण गरेर सम्मानित गर्नुभएको हो।
पद्मोदय माध्यमिक विद्यालयका लेखापाल दिमेशसिंह धर उत्कृष्ट लेखापालको रुपमा महानगरपालिकाबाट सम्मानित भएपछि पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद गौतमले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। मृदुभाषी, सरल स्वभावका धनी कर्तव्यपरायण पद्माेदय माध्यमिक विद्यालयमा तीन दशकभन्दा बढी कार्यरत लेखापाल दिमेशसिंह धर काठमाडौं महानगरकाे २८ अाै वार्षिकोत्सवकाे पावन अवसरमा उत्कृष्ट लेखापालका रूपमा सम्मानित हुनुभएकाेमा हार्दिक बधाई । साथै विद्यालयकाे हितमा अझै वढी क्रियाशील रहने कुरामा उत्प्रेरणा मिलाेस् भन्दै प्रधानाध्यापक नारायण प्रसाद गौतमले हार्दिक बधाई ज्ञापन गर्नुभएको हो।
Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.