
नेपालीहरुको महान पर्व दशैं आजदेखि सुरु भएको छ।आज दशैंको पहिलो दिन घटस्थापनामा सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुले आ-आफ्नो घरमा जमरा राखी महान पर्व दशैंलाई हर्षोल्लासका साथ स्वागत गरेका छन्।
यसैगरी काठमाडौँ हनुमान ढोका स्थित दशैं घरमा विधिवत रूपमा १० बजेर २३ मिनेटमा जमरा राखिएको छ। यसैगरी प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने घटस्थापनाले दशैंको छुट्टै सन्देश बोकेको छ।
यसैगरी दशैंको पहिलो दिन राखिएको जमरालाई विजया दशमीको दिनमा दुर्गा देवीको प्रसादको रुपमा समेत ग्रहण गरिन्छ। त्यसैले हिन्दू धर्मावलम्बीहरुले घटनास्थापनाको दिनलाई महत्वपूर्ण रुपमा हेरिएको भद्रकाली क्षेत्रका स्थानीय वासिन्दा नर तुलाधरले बताउनुभएको छ।
सद्भाव र उमंगको पर्व दशैंले धार्मिक र सांस्कृतिक महत्व बोकेको छ।
