Fast Nepal News

आज भोटो जात्राको अवसरमा सार्वजनिक बिदा

banner single news

प्रकाश कपाली। काठमाडौ

उपत्यका क्षेत्र ललितपुर धार्मिक मान्यता अनुरुप प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथको रथमा मुख्य पुजारीले भोटो देखाउने गरिन्छ।

प्राचीन समयदेखि अहिलेसम्म जावलाखेलमा देखाईने भोटोको छुट्टै धार्मिक विशेषता रहेको नेवार समुदायका व्यक्तिहरु बताउछन्।

कर्कोत नागको सेवा गरेअनुसार भोटो उपहारस्वरूप पाएको एक नेवार कृषकको भोटो राक्षस बाट चोरी भएको आफ्नो भोटो चोरी गर्ने राक्षस नै हो भन्ने फेला पारेपछि चोरी मुद्दा फैसला गर्ने क्रममा प्रमाण नपुगेपछि ललितपुरका राजाले भोटो रथमा राख्ने आदेश दिएको लोकोक्ति रहेको छ।

Inside Article Ads

त्यस समय देखि प्रत्येक वर्ष भोटो जात्रा मनाईदै आएको नेवार समुदायको व्यक्तिहरु बताएका छन्।

जावलाखेल आज दिउँसो ५-६ बजे भोटो देखाउने सूचना विभिन्न सञ्चारमाध्यमहरुले जनाएको छ।

यसैगरी धार्मिक मान्यता अनुरुप देव, मनुष्य, यक्ष, नागलाई भोटो देखाएर मनाईने यस भोटो जात्राको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.