Fast Nepal News

मातातीर्थ औंशि : आमा तिम्रा ती अँखा बाट बग्दै आएको ती आशुलाई थमाउने कोशिश गर्दै छु

-पारस श्रेष्ठ

banner single news

“जिन्दगीको पहिलो गुरु आमा, जिन्दगीको पहिलो साथी आमा, जिन्दगी पनि आमा किनकि जिन्दगी दिनेवाला पनि आमा”

आमा तिमी साच्चिकै माहान लाग्छ ।
जस्तोसुकै परिस्थितिलाई पनि थिचोलेर तिमिले अघि बढ्न सिकाएउ। आफू भोक भोकै भएर पनि हामिलाई खुवाएको त्यो पल सम्झिदा आँसु बग्छ आमा।तिमिलाई भोक मेटाउ खान दिएका मेला पातमा आफ्नो पेट भोकै राखेर दिएको त्यो कुराले अहिले आँखा रसाउछ आमा। तिम्रा ती गुणको कसरी बयान गरुम म आमा ।

Inside Article Ads

। अनि समाजको त्यो नाबालक जो ५-६ बर्षको टुहुरो लाई हेप्ने हेपाई देखि लिएर एउटा श्रीमानको मृत्यु भएपछि बिधुवाको कुदृष्टिले हेप्ने त्यो समाज सँग हाम्रो लागि कयौं चोटी आँसु बगाउदै लडेको त्यो क्षण कहिले बिसिने छैन आमा ।आमा तिम्रा ती अँखा बाट बग्दै आएको ती आशुलाई थमाउने कोशिश गर्दै छु। तिम्रो कोख बाट जन्म लिएको हो आमा जिन्दगीमा जस्तो सुकै दु:ख कष्ट ठेस लागे पनि तिम्रो आखा बाट बग्ने गरेका आशु लाई हर्पल थमाउने कोशिश गर्दैछु आमा । तिम्रो कोख बाट जन्म लिएर जिन्दगीले दिएको जस्तोसुकै दु:ख कष्ट चोट सँग हार नमानी लडिरा छु आमा।
अन्तिममा ..सबै बन्दा पवित्र सब्द आमा अनि सधै खुशी देखन पाउ अनि ओठमा मुस्कान आँमा
त्यो संगै मातातीथ औंशि को सम्पुर्ण आमाहरुमा शुभकामना

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.