
प्रतिमा लामा महर्जन काठमाडौ।चैत २३ नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघ अन्तर्गत कमल पोखरी स्थित वेष्ट मेनेजमेन्ट सर्भिस प्रा.लि मा कार्यरत श्रमिकहरु माझ आज संगठन विस्तार गरिएको छ।



उक्त कार्यक्रममा स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नर बहादुर साउद,यु.एन.आइ नेपालीका अध्यक्ष शंकर लामिछाने ,यु.एन.आइ नेपालीका प्रोग्राम काेडिनेटर कल्याण जंग खड्का लगायत वेष्ट मेनेजमेन्टका व्यवस्थापक वासुदेव उप्रेती उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा संगठन विस्तार गर्दै उक्त संगठन सुचारू गराउन पाँच हजार रूपैयाँ वासुदेव उप्रेती बाट श्रमिकमा हस्तान्तरण गरियो ।साथै श्रमिकहरुको हक हितका लागि सरसफाइ वजेट तथा ऋण सहकारी टेकुमा संचालन भएको जानकारी पनि दिनु भयो ।
स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नर बहादुर साउदले व्यवस्थापक र श्रमिक बिच सहकार्य भएर गएमा यस क्षेत्रलाई अगाडि बढाउन सकिने बताउनु भयो साथै स्थानीय तह कर्मचारी युनियन मार्फत सहयोग पनि गर्ने बताउनु भयो ।
