Fast Nepal News

सुदूरपश्चिममा पनि कोरोना विरुद्धको खोप लगाउन सुरु

banner single news

काठमाडौं, माघ १४ – सुदूरपश्चिममा पनि कोरोना विरूद्ध खोप लगाउन शुरु भएको छ। बुधबार बिहान धनगढीमा एक कार्यक्रमबिच मुख्यमन्त्री त्रिलोचन भट्टले खोप सामाग्री सेती प्रादेशीक अस्पताललाई हस्तान्तरण गरेका थिए।

अस्पतालका स्वास्थ्यकर्मीबाट पहिलो खोप प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर गुणराज अवस्थीले लगाएका थिए। आजबाट सुरू भएको कोभिड–१९ विरुद्ध पहिलो चरणको खोप अभियान अन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप लगाइनेछ।

उक्त खोप अस्पतालमा सरसफाइ गर्ने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, शव वाहन चालक, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई पहिला लगाइने व्यवस्था गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

तर, यी लक्षित वर्गमध्ये स्तनपान गराउने महिला, गर्भवती, सुत्केरी र रगत बग्नेसम्बन्धी समस्या भएकालाई खोप नलगाइने मन्त्रालयका प्रवक्ता नरेन्दसिंह कार्कीले सेतोपाटीलाई जानकारी दिए।

Inside Article Ads

सुदूरपश्चिमका नौ वटै जिल्लामा पहिलो चरण अन्तर्गत कोभिड–१९ विरूद्ध १६ हजार २ सय ९३ जनालाई पुग्ने खोपको मात्रा प्राप्त भएको छ। खोप लगाउन कैलालीमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा खोप केन्द्र तोकिएको छ भने अरू आठ जिल्लाका जिल्ला अस्पतालबाट लक्षित वर्गलाई खोप दिइने छ।

पहिलो चरणमा माघ १४ गतेदेखि कोरोना भाइरसविरूद्धको खोप लगाउन अभियान सुरू गरी २८ गते सम्पन्न गर्ने कार्यक्रम रहेको उनले बताए।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.