Fast Nepal News

सुदूरपश्चिम क्षेत्रमा आज लामी रात पर्व मनाउँदै

banner single news

आज पुष १५ गतेका दिन सुदूरपश्चिम क्षेत्रमा लामी रात पर्व धुमधामका साथ मनाइने गरिन्छ। सुदूरपश्चिममा चलनचल्तीमा रहेको पुस १५ को शुभकामना साथी र आफन्तहरुजनको भेटघाट गरी मिठा मिठा परिकार खुवाउने गरिन्छ।

 

कथा ,गीत ,फाग ,बातई , गाउखाने कथा ,लगायतका संस्कृतिको जगेर्ना गर्ने खर्च रहित पर्व साटासाट गर्ने पर्वको रूपमा सुदूरपश्चिम क्षेत्रको व्यक्तिहरुले लामी पर्वलाई लिएको छ। सुदूरपश्चिमको विभिन्न ठाउँमा मनाउने लामी रात पर्वलाई बर्ष भरिको सबै भन्दा लामि रात भनेर भन्ने गरिने सुदूरपश्चिम बैतडी जिल्लाका स्थानीय करण कुँवरले बताउनुभयो।

 

Inside Article Ads

घरमा सबै जना एक आपसमा बसेर मिठा परिकार ग्रहण गरी रातभर जाग्राम रहने र विभिन्न लोककथा सुन्ने र सुनाउने नाचगान गर्ने गरिन्छ। धर्ममा आस्था राख्ने सुदूरपश्चिम क्षेत्रको व्यक्तिहरुले विशेषगरी रातिमा यो पर्व मनाउने गरिन्छ । लामी पर्वको दिन राति सुत्यो भने राम्रो हुन्छ भन्ने पनि गरिन्छ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.