Fast Nepal News

आँखा पाक्ने रोग तथा डेंगु रोग नियन्त्रणका लागी स्वास्थ्य तथा जनसंख्या बिरेन्द्रमन्त्री सिंह सक्रिय

banner single news

२३ श्रावण,लालबन्दी-मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले आँखा पाक्ने रोग र डेंगु रोग नियन्त्रणका लागी बिशेष पहल थालेका छन् ।

मन्त्री सिंहको अध्यक्षता तथा मध्यस्ततामा केहि दिन अघि चिकित्सकको टोलीसँग गम्भिर छलफल भएको छ । जानकी आँखा अस्पतालका चिकित्सकहरुसँग भएको छलफलमा रोग नियन्त्रणका लागी अबलम्बन गर्नुपर्ने उपाए तथा बिकल्पका बारेमा गम्भिर छलफल भएको मन्त्री सिंहका स्वकिय सचिव निकेश त्रीपाठीले जानकारी दिए । उनका अनुसार रोग नियन्त्रणका लागी रोग प्रभावित क्षेत्रमा औषधि ब्यवस्थापन गर्ने, संचारका माध्यमबाट जनचेतनामुलक सन्देशहरु प्रशारण गराउने लगाएतका उपाय अवलम्बन गरिने भएको छ ।

स्वास्थ्य मन्त्रालय, निर्देशनालय तथा जानकी आँखा अस्पतालका बिशेषज्ञहरुको छलफलले महामारीको रुपमा फैलिरहेको आँखा पाक्ने रोग र डेंगु रोग नियन्त्रणका लागी आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । सर्लाही क्षेत्र नम्बर ४ बाट बिजयी कांग्रेस नेता सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ खाईसकेपछि स्वास्थ्य क्षेत्रका समस्या समाधानका निम्ति आफ्नो सक्रियता बढाईरहेका छन् ।

Inside Article Ads

प्रदेशभरका स्वास्थ्य संस्थाहरुको सेवा सुविधा चुस्त दुरुस्त पार्दै, स्वास्थ्य सेवा प्रवाहमा आमुल परिवर्तन ल्याउन लागी परेका मन्त्री सिंहले बेला बेलामा स्वास्थ्य संस्थाहरुमा अनुगमन, परिक्षण सँगै निर्देशनसमेत दिने गरेका छन् ।

Visited 75 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.