
२२ पुष,कलैया-तराईमा पूर्वदेखि पश्चिमसम्म शीतलहरको कहर बढिरहेको अवस्था छ । गाउँबस्ती कुहिरोमा छोपिएको छ। बेला–बेला लाग्ने घामले न्यानो छर्न नपाउँदै कुहिरोले छपक्कै छोप्छ। यसबाट के स्पष्ट बुझ्न सकिन्छ भने तराई शीतलहर र कुहिरो बाट प्रभावित छ।
निरन्तरको शीतलहर र चिसोले विपन्नको विजोग भएको छ । मधेस प्रदेश सरकारका अनुसार जाडोमा कठ्यांग्रिएर सर्लाहीमा ३ र सप्तरीमा १ जनाले ज्यान गुमाइसकेका छन् । तर, प्रदेश र स्थानीय सरकारका साथै केन्द्र सरकारका संयन्त्रले नागरिकलाई चिसोबाट बचाउन कहिल्यै गम्भीरता देखाउने गरेका छैनन् ।
नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै मधेश प्रदेश सरकारले चिसोबाट नागरिकको जीवनरक्षा गर्ने विषयमा गम्भीर भएर काम गर्ने विषयतर्फ ध्यान दिनु अति नै आवश्यक देखिन्छ।