Fast Nepal News

मधेस सरकार जाडोमा निम्तिन सक्ने विपद् व्यवस्थापनको तयारीमा

banner single news
मंसिर २८, जनकपुर तराईमा शितलहर सुरु भएसँगै मधेश प्रदेश सरकार त्यसबाट हुन सक्ने विपद् व्यवस्थापनको तयारीमा मधेश सरकार जुटेको छ।शितलहर, हुस्सु, तथा चिसोको कारण हुन सक्ने जोखिम न्यूनीकरणको लागि प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले तयारी थालेको हो ।
जाडो याममा प्रदेश मा बर्सेनि मानवीयलगायत ठूलो क्षति हुँदै आएको छ । क्षति न्यूनीकरण तथा जोखिम व्यवस्थापनको लागि प्रदेश सरकारले पूर्वतयारी थालेको छ । प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार बसेको बैठकले विभिन्न निर्णयहरू गरेको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.