Fast Nepal News

रौतहटमा एड्स संक्रमणको कारण ७ जनाको मृत्यु

banner single news

काठमाडौं, कात्तिक १६ –हाल सम्म रौतहटमा एचआइभी एड्स संक्रमणको कारण अहिलेसम्म सात जनाले ज्यान गुमाएका छन।

२६ औं राष्ट्रिय कन्डम दिवसको अवसर पारेर शनिबार रौतहटको चन्द्रनिगाहापुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो। सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र निल हीरा समाज चन्द्रनिगाहापुरले वि्श्व महामारीको रूप लिएको एड्सबाट जिल्लामा भएको मानवीय हताहती तथा संक्रमणबारे जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा निल हीरा समाज रौतहटकी कार्यक्रम संयोजक जिना राईले रौतहटमा एड्सबाट पुरुषभन्दा महिला संक्रमित रहेको जानकारी दिइन्‌। उनका अनुसार औषधी खाँदै गरेका १६ जना संक्रमित बेपत्ता भएका छन्‌।

Inside Article Ads

हालसम्म १९१ जना संक्रमितले औषधी सेवन गरेको र १२ जनाले सेवन गर्न छाडेको जानकारी दिइएको छ। केही वर्षयता यता एचआइभी एड्स संक्रमितको संख्या बढेको पनि देखिएको छ। अहिले विदेशबाट आउनेभन्दा पनि यहीँ काम गर्ने ड्राइभर,प्रहरी तथा मजदुरहरूमा बढी संक्रमित देखिएको कार्यक्रम संयोजक राई जानकारी दिइन्‌।

‘​दोहोरो सुरक्षाका लागी कन्डमको पहुँच’ भन्ने मूल नाराका साथ रौतहटमा पनि २६ औ राष्ट्रिय कण्डम दिवश मनाइएको हो। रौतहटमा कन्डम लानेको संख्या बढेको भएतापनि त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने कुरामा अनभिज्ञ रहेको एड्स रोकथाम अभियन्ताहरू नै बताउँछन्‌।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.