Fast Nepal News

एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको फुङलिङस्थित निवास अघि कालो झण्डा

banner single news

१० मंसिर,काठमाडौँ-पहिचान पक्षधरहरुले एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको फुङलिङस्थित निवास अघि कालो झण्डासहित प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा युवा संघका कार्यकर्तासँग घम्साघम्सी समेत भएपछि आक्रोशित पहिचान पक्षधरहरुले पराजुली चौकमा पुगेर नाराबाजी सहित कोणसभा समेत गरेका थिए।पहिचानवादीहरुले कोशी प्रदेश नामाङ्कनमा हस्ताक्षर गरेको भन्दै प्रदेशसभाका सांसद तथा पूर्व मन्त्री तिलकुमार मेन्याङ्वोविरुद्ध पनि नाराबाजी गरेका छन्।

गत जेठ २६ गते प्रतिनिधिसभामा बोल्ने क्रममा सांसद भट्टराईले पहिचान विरोधी अभिव्यक्ति दिएको पहिचान पक्षधरहरुको आरोप छ। उनीहरुले त्यस्तो अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै आएका छन्।

Inside Article Ads

भट्टराईले केहिदिन अघि सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीका अध्यक्ष सहितका नेताहरु माथि आक्रमण हुन थालेकोले आक्रमण रोक्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गर्न खोजेको र पहिचान पक्षधरहरुलाई आघात पुग्ने कुनैपनि मनशाय नरहेको प्रष्ट पारेका थिए।

Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.