Fast Nepal News

पदम लिम्बुलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

banner single news

काठमाडौँ- सरकारले प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यलय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला लिम्बुको निधन भएपछि सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सन्चार तथा सुचनामन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

Inside Article Ads

पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले लिम्बुलाई शहीद घोषणा गर्न माग गरेका थिए ।

समाचार नेपाल टेलिभिजनको अनलाईन पोर्टलमा प्रकाशित छ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.