Fast Nepal News

प्रदेश १ को नामाकरण आज नै हुने सम्भावना

banner single news

१७ फागुन,काठमाडौं-प्रदेश १ को नामाकरण गर्न प्रदेशका सांसदहरु आज सक्रिय भएका छन्।नेकपा एमाले र नेपाली कांग्रेसले प्रदेश १ को नाम कोसी राख्ने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेको छ।कोसी प्रदेश हुनु पर्ने प्रस्तावको प्रस्तावकमा एमाले सांसद रामबहादुर राई तथा समर्थकमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशी र एमालेका निरन राई रही प्रदेश १ को प्रदेश सभा सचिवालयमा दर्ता गराएको हो।

यसैगरी नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त रूपमा प्रदेश १ को नामकरणसम्बन्धी अर्को प्रस्ताव आज दर्ता गराएका छन्।एकीकृत समाजवादी र जसपाले प्रदेशको नाम किराँत लिम्बुवान सगरमाथा नामकरण गरी प्रस्ताव दर्ता गराएका हुन्। यसको प्रस्तावकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राई र समर्थकमा एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगु र जसपाका निर्मला लिम्बू रही प्रदेश १ को प्रदेश सभा सचिवालयमा दर्ता गराएको हो।

Inside Article Ads

सत्तारुढ दल र प्रतिपक्ष दलका नेताहरुले आज दल दर्ता गराँउसँगै आज नै प्रदेश १ को नाम आज नै हुने सम्भावना देखिएको छ।प्रदेश १ को नाम नामाकरण गर्न दलहरु बैठकमा जुटेसँगैमुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरपर, प्रदेश सभा भवनलगायतका विराटनगर मुख्य बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। आज प्रदेश १को नामाकरणको  विषयमा निर्णायक छलफल हुँदै छ।

प्रदेशको नामकरणमा गोप्य छलफल गरेर प्रदेश सभामा दर्ता गराउने र आजै सर्वसम्मतले पारित गराउन दलहरू सहमत देखिएका छन्।दलको बैठकले आज प्रदेश नंम्बर १ को नामाकरणका कस्तो निर्णायक भुमिका निर्वाह गर्छ त्यो भने हेर्न नै बाँकी नै छ।

Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.