Fast Nepal News

प्रदेश नंम्बर १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

banner single news
२४ पुष, काठमाडौँ- प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनुभएको छ । आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

 

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा कार्कीलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को २(१) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। नवनियुक्त कार्कीको पद तथा गोपनीयताको शपथ सोमबार २ बजे हुनेछ । प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्तिको पत्र दिनुभएको छ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.