Fast Nepal News

मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिँदै

९३ प्रदेशसभा सदस्य (हाल ९२ जना) रहेको प्रदेश १ मा दल विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा छ

banner single news

७ कात्तिक, मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् ।

विपक्षी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी छ।विश्वासको मतदानपछि गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रुपमा राजेन्द्र राईलाई अघि सार्ने नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

सत्ता पक्ष एमालेसँग सभामुखसहित ४१ सांसद छन् । एमालेकी सांसद गुलेफुन खातुन भने फरार छिन् । सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भएकी उनी आजको प्रदेशसभा बैठकमा उपस्थित हुने सम्भावना कम छ । प्रदेशमा सत्तारुढ दल एमालेसँग सभामुखसहित ४१ जना सांसद छन् । विपक्षी गठबन्धनमा रहेको कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मन्चका एक जना सांसद छन् ।
प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद् छन् । एक सांसद रहेको राप्रपा भने कुनै पक्षमा खुलेको छैन ।

Inside Article Ads

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते संसद् सचिवालयमा दर्ता गराएका थिए । शुक्रबार बसेको बैठकमा उनले सो प्रस्ताव टेबल गरेका थिए ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.