Fast Nepal News

वृद्धभत्ता लिन सास्ती, भीडले संक्रमणको जोखिम

banner single news

धनकुटा — १७ श्रावण  २०७८

धनकुटा, वृद्धभत्ता लिन वृद्धवृद्धालाई सास्ती भएको छ । धेरै भीड, लामो लाइनमा बस्नुपर्दा उनीहरूलाई सास्ती भएको छ भने संक्रमण फैलने जोखिम उत्तिकै छ । धनकुटा बजारस्थित माछापुच्छ्रे बैंक पुगेका ८० वर्षीय धनबहादुर राई भत्ता लिन असाध्यै सास्ती खेप्नुपरेको गुनासो पोख्छन् । बैंकमा खाता मिलाउन आएको बताउने धनकुटा–२ की ७० वर्षीया ज्यानमाया राई आतेजाते गर्दा भत्ताबापतको आधा रकम खर्च हुने बताउँछिन् ।

बैंकमा दैनिक सयभन्दा बढी ज्येष्ठ नागरिकको भीड हुने गरेको छ ।विगतमा घरदैलोमा सामाजिक सुरक्षाभत्ता उपलब्ध गराए पनि सुरक्षाका कारण बैंकमा रकम जम्मा गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताए । कतिपय ठाउँमा अनियमितता र असुरक्षासमेत भएकाले बैंकिङ प्रणाली अपनाइएको उनको भनाइ छ । 

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.