Fast Nepal News

सुगमका बिरामी उपचारका लागि दुर्गम जिल्ला जुम्ला पुगे

सुगमतिरका बिरामी कर्णालीमा स्वास्थ्य उपचारका लागि आउन थालेका छन् । कर्णाली आवश्यक जनशक्ति, स्वास्थ्य सेवा र अनुसन्धान देशभर बाँड्न सक्षम हुनेछ

banner single news

डायमण्ड जोशी।

जुम्ला, २६ बैशाख । कुनै बेला सामान्य बिरामीको उपचार गर्न सुविधासम्पन्न अस्पताल पठाउने कर्णाली अहिले सुगम क्षेत्रका बिरामीको उपचार गर्न थालेको छ । सुगम मानिएका सुर्खेत, नेपालगन्जलगायत जिल्लादेखि उपचार गराउन बिरामी जुम्ला पुग्ने गरेका छन् । अहिले आधा दर्जन बढी सुगमका कोरोना संक्रमित उपचार गर्न जुम्ला आइपुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले बताएको छ ।

एक दशकअघिसम्म प्रदेशका सामान्य बिरामी उपचार गर्न सुगम मानिएको सुर्खेत, नेपालगन्ज र काठमाडौं पुग्थे । उतिबेला कर्णालीमा न राम्रा स्वास्थ्यकर्मी थिए, न त पर्याप्त औषधि । जिल्ला अस्पताल र स्वास्थ्यचौकी मात्र थिए । संरचना थियो जनशक्ति थिएन । बिरामी थिए, औषधि थिएन । स्थानीयले भने, ‘कर्णालीले अहिले सुगम क्षेत्रका बिरामीको उपचार गर्ने हैसियत राखेको छ । सुगम क्षेत्रमा बिरामी परेकाहरूको उपचार गर्न चिकित्सक तथा स्वास्थ्यकर्मी पठाउने भइसकेको छ । यो दुर्गम कर्णालीवासीको सुगम उपलब्धि हो ।’

सुगम मानिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कोरोना संक्रमित बेड र अक्सिजन नपाएपछि जुम्ला उपचार गराउन पुगेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुगम देखि उपचार गर्न आउनेको संख्यामा वृद्धि भइरहेको छ । प्रतिष्ठानका निमित्त निर्देशक राजीव शाह सुर्खेतबाट उपचारका लागि ५ जना बिरामी जुम्ला अस्पताल आएको बताउँछन् । उनले भने, ‘अब कर्णाली, स्वास्थ्य क्षेत्रमा अब्बल बनिरहेको छ । कर्णाली उपचार गर्न सुगम धाउनेछैन । सुगमतिरका बिरामी कर्णालीमा स्वास्थ्य उपचारका लागि आउन थालेका छन् । कर्णाली आवश्यक जनशक्ति, स्वास्थ्य सेवा र अनुसन्धान देशभर बाँड्न सक्षम हुनेछ ।’

Inside Article Ads

सुर्खेतबाट आएका ५ जना बिरामीमध्ये २ जनालाई अक्सिजन प्रयोग गरी उपचार थालिएको छ । ‘जुम्ला अस्पतालमा अझै बाहिरी जिल्लाबाट कोभिडका बिरामी थपिने सम्भावना छ। डा. शाहले भने, ‘सुर्खेत, नेपालगन्जका अस्पतालमा बिरामी भरिभराउ छन् । बिरामीले बेड पाउन सकेका छैनन् । अब विकल्प कर्णाली अस्पताल हुन सक्छ । कर्णालीले जस्तोसुकै परिस्थितिमा पनि गुणस्तरीय उपचार दिनसक्ने सामर्थ्य राखेको छ ।

हाल प्रतिष्ठानमा २ सय बढी अक्सिजन सिलिन्डर मौज्दात छन् । मौज्दातमध्ये १ सय सिलिन्डर कोभिड बिरामीका लागि प्रयोग गरिने छ । आइसोलेसन बेड १२०, एचडीयु बेड २४ वटा, आइसियु बेड १२ वटा र भेन्टिलेटर १५ वटा रहेका छन।

Visited 47 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस
1 Comment
  1. प्रकाश says

    News akdam ramro xa.

प्रतिक्रिया

Your email address will not be published.