
डायमण्ड जोशी
/१३ वैशाख, सुर्खेत
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को नयाँ भेरियन्ट सहितको संक्रमण छिमेकी जिल्ला वाँके, बर्दिया लगाएत सुर्खेत मा पनि तिव्र रुपमा बढिरहेको ले गृह मन्त्रालयको आदेश अनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतले वैशाख १३ मा एक विज्ञप्ति सार्वजनिक गर्दै लकडाउन हुने जनाएको छ।
नेपाल सरकार मन्त्री परिषदको वैशाख ६ गते को निर्णय अनुसार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को वैशाख १३ गते विहान ८:०० बजे बसेको बैठक सिफारिस र जिल्ला सुरक्षा समितीको वैठकको निर्णयलाई मध्यनजर गर्दै कोभिड-१९ संक्रमण को जोखिम नियन्त्रण रोकथाम र उपचार का लागि संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम सुर्खेत जिल्ला भरी वैशाख १४ गते राती १२:०० वजेदेखी वैशाख २१ गते राती १२:०० वजे सम्म देहाय वमोजिमका अत्यावश्यक सेवा र सोको लागि प्रयोग हुने सवारी साधन वाहेक अन्य सवै प्रकारका सेवाहरु र हिडडुल गर्न समेत निषेध गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्देशन दिएको छ।
स्वास्थ्य, शान्ति सुरक्षा , विधुत ,सुचना तथा सञ्चार, खानेपानी , पेट्रोलियम पदार्थ, खाद्य,वैंक ATM सेवा सार्वजनिक निर्माण कार्य र हवाई सेवा मात्र सुचारु हुने जिल्ला प्रशासन कार्यालय सुर्खेत ले जनाएको छ।
एम्बुलेन्स शववाहन दमकल सरकारी र कुटनैतिक प्लेटका सवारीहरु अत्यावश्यक सेवा सञ्चालन मा खटिएका जनशक्ति ले प्रयोग गरेका सवारी साधन हरु (परिचयपत्र र पोशाक) भए मात्र सञ्चालन गर्न पाउने भएका छन।
भौतिक दुरि कायम गरि मास्क तथा जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य पालना गरि दैनिक उपभोग्य वस्तुका पसलहरु विहान ६:०० वजेदेखी ९:०० वजे सम्म मात्र सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय सुर्खेत ले विज्ञप्ति मा जनाएको छ।
