Fast Nepal News

कर्णालीको मार्सी चामल अन्तर्राष्ट्रिय वजारमा निर्यात

अन्तर्राष्ट्रिय बजारमा नेपाल र कर्णाली चिनाउन सफल भएको छ

banner single news

डायमण्ड जोशी
हुम्ला, २० फाल्गुन

जुम्ली मार्सी चामल र अर्गानिक सिमी लगायत कृषिवस्तुका माग अन्तर्राष्ट्रिय बजारमा निर्यात बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु ६ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अर्गानिकस् एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी अफुले निर्यात गरेकाे वताए ।

व्यावसायिकरूपमा कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल, मासको दाल, दुई टन सिमी र १० किलो स्याउको चाना गरी निर्यात गरिएको छ ।” कर्णालीका कृषि वस्तुको व्यावसायिकरूपमा निर्यात भएको यो पहिलोपटक रहेको यहाँका स्थानीयवासी बताउँछन् । कर्णालीका किसानको जीवनस्तर उकास्नेसँगै जुम्ली मार्सी र सिमीको माध्यमबाट नेपालको नाम अन्तर्राष्ट्रिय बजारमा चिनाउन सफल भएको छ ।

क्यानडा निर्यातको अन्तिम तयारी

बीस टन जुम्ली मार्सी सिमी क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । पन्ध्र टन मार्सी, चार टन सिमी, हरियो केराउ र कोदो गरेर एक टन क्यानडामा माग भएको सञ्चालक शाहीले बताउनुभयो । क्यानडास्थित लायम फुड कर्पोरेशनका डा पूर्ण कँडेलको समन्वयमा ती वस्तु निर्यात गर्न लागिएको छ ।

Inside Article Ads

ती सामानमा ‘कर्णाली सुपरफुड’ लोगो हुने सुपरफुडले जनाएको छ । अहिले प्याकेजिङ भइरहेको छ । क्यानडा सामान पठाउन भने केही अप्ठ्यारो भएको उहाँले बताउनुभयो । “जापानको लागि स्ट्याण्डर्ड नचाहिने रहेछ, हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन्”, उहाँले भन्नुभयो, “क्यानडामा हामीले यहाँबाट नै प्याकिङ गरेर पठाउने भएकाले निकै गाह्रो भइरहेको छ ।”

काठमाडौँको नयाँ बानेश्वरमा रहेको ‘जुम्ला घर अर्गानिक्स’मा कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो र कालिकोटको टिमुर उपलब्ध रहेको सञ्चालक शाहीले बताउनुभयो

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.