Fast Nepal News

कर्णालीमा बर्डफ्लु को बड्दो त्रास

हुम्लामा मासु आयात मा प्रतिबन्ध

banner single news


डायमण्ड जोशी
१७ फाल्गुन, हुम्ला

। हुम्लामा पनि बर्डफ्लु रोग फैलन सक्ने भएको भन्दै पशुपंक्षि जन्य पदार्थहरु ओसार पसारमा प्रतिवन्ध लगाइएको छ ।

देशका केही जिल्लाहरुमा कुखुराको माहामारी भनेर चिनिने बर्डफुलु देखा परेपछि हुम्लामा फैलने त्रासले पशु पंक्षिको मासुमा प्रतिवन्ध लगाइएको हो ।

पशुपंक्षि जन्य पदार्थबाट सो रोग फैलने भएकाले हुम्ला जिल्लामा केही दिनका लागि कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्वर ५ नेपालगञ्जको बाँकेबाट उक्त मासु जन्य पदार्थ ओसार पसार गर्न नमिल्ने सिमकोट गाउँपालिका स्रोतले जनाएको छ ।

कर्णाली प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको फागुन ९ गतेको चलानी नम्वर ३ सय १ को प्राप्त पत्रअनुसार विरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ मा कुखुरामा उक्त बर्डफुलु रोग देखा परेपछि सो रोग हुम्लामा पनि फैलन सक्ने भन्दै सिमकोट गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बसेको छ ।

Inside Article Ads

बैठकले फागुन २० गतेसम्मका लागि हवाई मार्गको हकमा सुर्खेत तथ नेपालगञ्ज र सडक मार्गको हकमा कवाडी तथा चंखेली नाकाबाट भित्रिने सम्पुर्ण जिउँदा पशुपंक्षि, मासु, अण्डा, कुखुरा बोक्ने खोर दाना लगायतका मासु जन्य पदार्थहरु भित्राउन नमिल्ने निर्णय गरेको सिमकोट गाउँपालिका निमित्त पमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताए ।

त्यसै गरि उक्त निर्णाय भए लगतै हुम्लाको सदरमुकाम सिमकोटमा शुक्रबारदेखि प्रहरी प्रशासनले बजारमा सञ्चालित मासु पसलेहरुलाई केही दिनका लागि मासु विक्रि वितरण गर्न नहुने र सेवाग्रोहीलाई किनेर खान नहुने सचेतना गर्दै आएको छ

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.