Fast Nepal News

कर्णालीका पाँच जिल्लाका २ हजार नौ सय ९५ घरका छाना फेरिने

१४ करोड ९७ लाख बजेट छाना फेर्न लगानी गरिने

banner single news

डायमण्ड जोशी
साबिक कर्णालीका पाँच जिल्लाका २ हजार नौ सय ९५ घरका छाना फेरिने भएका छन् । विपन्न नागरिकको घरको माटाको छानामुक्त बनाउने सरकारी अभियान अन्तर्गत साबिक कर्णालीका २ हजार नौ सय ९५ विपन्नको घरमा नयाँ छाना फेरिन लागेको हो ।

सघन सहरी तथा भवन निर्माण कार्यालय जुम्लाको आवास व्यवस्थापन कार्यक्रम अन्तर्गत कर्णालीका जुम्ला, कालिकोट, मुगु, हुम्ला र डोल्पामा १४ करोड ९७ लाख ५० हजारको लगानीमा २९ सय ९५ घरधुरीको नयाँ छाना छाउने तयारी भइरहेको कार्यालयका सव इन्जिनियर चन्द्र खड्काले बताउनुभयो ।

अाफ्नाे घरकाे पुरानाे चुहिने छानाे फेरिने खवरले स्थानीय जनतामा खुसियाली छाएकाे छ । स्थानीय एक युवा भन्छन् , हाम्रो त खाना लगाउन नै समस्या थियाे छानाे फेर्ने त कल्पना पनि थिएन तर अाज यस्ताे खवर थाहा पाउँदा खुसिकाे सिमै रहेन। प्रत्यक घर धुरिलाई ५० हजारका दरले दिँदा पाँच जिल्लाका २९ सय घरका लागि करिब १४ करोड ९७ लाख बजेट छाना फेर्न लगानी गरिने सव इन्जिनियर खड्काको भनाई छ ।

Inside Article Ads

कर्णाली प्रदेश सरकारको विपन्नका घर माटो तथा खरको छानामुक्त बनाउने कार्यक्रम अन्तर्गत साबिक कर्णालीका पाँच जिल्लामा आवास व्यवस्थापन कार्यक्रमका रुपमा सञ्चालन भएको छ ।
!कर्णाली वासिले याे सहयाेग कहिलै नभुल्ने र सरकारले गरेकाे याे सहयाेगलाई धन्यवाद दिएका छन् र अागामि दिनमा पनि सहयाेगकाे अाषा गरेकाे स्थानिय वताउछन् ।

Visited 68 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.