Fast Nepal News

कर्णाली प्रदेशको १४ महिने प्रगति विवरण: १७ किलोमीटर सडक कालोपत्रे

banner single news

डायमण्ड जाेशी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार आफ्नो ४३५ दिने कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेका छन् । उपलब्धि सार्वजनिक गर्दै उनले एक वर्षको अवधिमा १७ किलोमिटर सडक कालोपत्रे गरेको बताएका हुन् ।

उनका अनुसार ११३ किलोमिटर सडक ग्राभिल र ६२२ किलोमिटर कच्ची सडक निर्माण भएको छ। यो अवधिमा १३ वटा झोलुङ्ग पुल, ८ वटा सडक पुल निर्माण सम्पन्न भएका छन् । १ हजार ५७१ वटा जनता आवास र १०१ वटा विपन्नका घर निर्माण सम्पन्न भएका छन् । ७ वटा सडक आयोजनालाईबहुवर्षीयठेक्का सम्झौता गरी निर्माण गर्न अगाडि बढाइएको उनले बताए ।

प्रदेश मन्त्रालय तथा निकायहरूलाई एउटै परिसरभित्र रहने गरी एकीकृत प्रशासनिक भवन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनको कार्य सम्पन्न भएको छ । भवन निर्माणलाई बहुवर्षीय आयोजनाको रूपमा प्रक्रिया अघि बढाइएको उनले बताए ।

Inside Article Ads

प्रस्तुत वक्तव्यको पूर्ण पाठ सहित
https://drive.google.com/file/d/1k-QpqcZbHBaAIBkzrJytg7SKtzVQAzL6/view

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.