Fast Nepal News

जनताले तिरेको करलाई बालुवामा पानी हाले जस्तो नगरौँ:पुर्वमन्त्री जोशी

banner single news

डायमण्ड जाेशी
२९ कार्तिक, सुर्खेत

नेपाली काँग्रेसका नेता तथा पुर्व सुचना तथा सञ्चार प्रविधि मन्त्री शिवराज जोशीले नेपाली काँग्रेस तथा माओवादी केन्द्रको संयुक्त आमसभालाई सम्बोधन गर्दै उम्मेदवारहरूलाई निर्वाचित भैसकेपछी जनताले तिरेको करबाट आउने रकम हिनामिना नगरी विकास निर्माण तथा जनताको जीवनस्तर उकास्न लगाउनुपर्ने बताएका छन्।

पुर्वमन्त्री जोशीले आफू मन्त्री हुँदा जनताको करबाट जम्मा वार्षिक बजेट १४ अर्ब मात्रै रहेको र अहिले जनताको पसिनाबाट अर्बौं बजेट विनियोजन भैरहेको छ। मूल्य अभिवृद्धि कर लगायतका विभिन्न करबाट उठेको बजेटलाई सडक, बिजुली जस्ता विकासका पुर्वाधारहरूमा मात्र नलगाई जनताको जीवनस्तर जसरी सुध्रिन सक्छ त्यसरी नै एक पैसा तलमाथि नगरी खर्च गर्न उनले जोड दिए। जोशीले प्रश्न गरे: जबसम्म जनता आत्मनिर्भर हुन चाहिरहन्छन तर हुन सक्दैनन् कसरी विकास भएको भन्ने?

Inside Article Ads

चुनावी आमसभालाई सम्बोधन गर्दै जोशीले अबका चुनौतीहरूलाई सामना गर्दै जनताको इच्छा अनुरुप काम गर्न प्रतिनिधि सभाका उम्मेदवार हृदयराम थानी र प्रदेश सभा का उम्मेदवार विन्दमान विष्टलाई लक्षित गर्दै बताएका हुन्। उनले भने, जसले निर्वाचन जितेपनी जनता सँग प्रत्यक्ष रुपमा सम्पर्कमा रहिरहन आग्रह गर्दछु। अब त सबै सम्भावना प्रचुर भैसकेको छ, जनता पनि साथ दिनेछन्।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.