Fast Nepal News

चौकुने वडा नम्बर १ र २ मा काँग्रेस को प्यानल सहित वडा १ को एक खुला सदस्यमा एमाले विजयी

banner single news

डायमण्ड जाेशी

चौकुने गाउँपालिका नेपाली काँग्रेस तर्फबाट वडा नम्बर-१ को अध्यक्षमा जिरक बहादुर बडुवाल र वडा नम्वर २ को अध्यक्षमा मायाराम जैसी विजयी भएका छन्। उम्मेदवार बडुवालले २२३ मत र जैसिले २१४ मत प्राप्त गरि विजयी भए ।

वडा नम्बर १ महिला वडा सदस्यमा काँग्रेसकि अमृता कुमारी बुढा, दलित तर्फबाट महिला सदस्यमा खिम सरा बि.क, खुला सदस्य मा नेकपा एमालेका चेतराज गौतम र खुला सदस्य मा काँग्रेस कै पुर्ण बहादुर बम विजय भएका छन्।

Inside Article Ads

वडा नम्बर २ मा काँग्रेसको पुरै प्यानल विजयी भएको छ। मायाराम जैसी नेतृत्व को काँग्रेस प्यानलै विजयी भएको हो। वडाध्यक्ष पदमा जैसी भने पुन: निर्वाचित भएका हुन्।महिला सदस्यमा अमृता बोहोराले २२६ मत, दलित महिला सदस्यमा मनिषा वि.कले २२८ मत, खुला सदस्यमा अर्जुन सिंह बि.कले २२५ मत र खुला सदस्यमा तिलक बहादुर शाहीले २१२ मत प्राप्त गरेका छन्।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.