Fast Nepal News

चौकुने वडा नम्बर ८ को अध्यक्ष मा कमल जि.सी को उम्मेदवारी

banner single news

डायमण्ड जाेशी

सुर्खेत, वैशाख १५, चौकुने।

चौकुने गाउँपालिका वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्र तर्फ बाट अध्यक्ष पदका लागि कमल जि.सी ले उम्मेदवारी दिएका छन्। आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर जि.सी ले उम्मेदवारी दर्ता गराएका हुन्। समाज को स्तरोन्नति र समृद्धि का लागि स्थानीय सरकार को अवधारणा बोकि निर्वाचनमा होमिएका जि.सी ले समाजलाई समाजवाद उन्मुख तिर लैजाने र वडाका समस्या संघिय सरकार सम्मै सुनाउन सक्ने क्षमताको विकास गर्न आफुलाई विजय गराउन जनता सँग आग्रह गरे।

शैक्षिक क्षेत्र को गुणस्तर र व्यवस्थापन का लागि जीवन ज्योती मावि गुटुमा करिब ८ वर्ष व्यवस्थापन समिती संगालेका जि.सी ले राजनैतिक भविष्य पनि चोटिलो बनाएको देखिन्छ। मुलुक स्थानिय निर्वाचन को संघारमा रहेका बेला विद्यालय को साँचो विद्यालय लाई नै हस्तान्तरण गर्दै राजनीतिमा होमिएका जि.सी ले विद्यार्थी पत्रकार डायमण्ड जोशी सँग कुरा गर्दै आफूले शिक्षा, स्वास्थ्य, विजुली, खानेपानी मा समेत अनुकरणीय योगदान पुर्‍याएको भन्दै आगामी दिनहरुमा पनि तिँ संरचनाहरुको थप परिमार्जन गरि फरक र जनतालाई सहजयुक्त पुर्वाधारहरुको वातावरण हस्तान्तरण गर्ने आश्वासन देखाए।

संवाद मा जि.सी ले , अघिल्ला स्थानिय निकायका जनप्रतिनिधि हरुले विश्वासिलो र देखिने काम नगरेको भन्दै टिप्पणी समेत गरे। परिवेश आधुनिकता तर्फ लम्किरहेका बेला विकृति को परम्परा लाई संस्थागत गरि जनतालाई भरपर्दो र सहज काम नगरी सुस्तता देखाएको तथा आफ्नो पोल्टो भर्ने काम बाहेक जनता का आँखामा छारो हालेका अघिल्ला जनप्रतिनिधि हरुले जनताका घर दैलोमा पाईला राख्दा भस्म हुनसक्ने चेतावनी दिए। न्युजनेपाल एच डि टेलिभिजन सँग कुराकानी गर्दै जि.सिले भने; हिजो विद्यालयमा शैक्षिक क्षेत्र को उन्नति र प्रगति का लागि योगदान गरेकै हो, ३ कार्यकाल करिब ८ वर्ष विद्यालयका लागि दिएको समय को महत्व विद्यार्थी तथा अभिभावकहरुले पनि बुझेकै छन्। उनले थपे; विद्यालयको आर्थिक स्थिति निकै न्यून र करिब बीस लाख जति घाटा परेको थियो, त्यस खाल्डो बाट विद्यालय लाई उठाई विद्यालको वातावरण लाई स्वस्थ बनाउन मैले स्थानीय, प्रदेश र केन्द्र सँग को ठुलो संघर्ष को सामना गर्नुपर्यो। उनले भने, त्यसको उचित मुल्याङ्कन जनता गर्नेछन भन्ने मा मेरो चाहिँ दुई मत छैन। जि.सी आफुले गरेको काम सम्झँदै भन्छन्; वडा नम्बर ८ का लागि त्यत्रो वडा लाई पुग्ने सौर्य उर्जा को निर्माण गर्न रातदिन खटियो, स्वास्थ्य क्षेत्र का लागि भन्ने हो भने गुटु स्वास्थ्य चौकी का लागि स्थायी जग्गा खोजि गरि गुटुको स्वास्थ्यमा व्यवस्थापन तथा गुटुलाई स्वस्थ र मुर्त राख्न युद्ध नै गर्न तयार भइयो।
समाजलाई आधुनिकीकरण सँगै उद्यमी बन्न प्रेरक को भुमिका निर्वाह गर्दा समाज प्रती एउटा स्वच्छताको भावना जागरुक गराएको र यस्ता समाज सेवाका यात्रामा कहिल्यै हार्न नसकेको उम्मेदवार जि.सी ले बताए।

Inside Article Ads

राजनैतिक पार्टी भित्र उछाल आएपनी समृद्ध वडा निर्माण गर्न लागि परिरहँदा वडाले आफुलाई पहिचान र मुल्याङ्कन गर्नुपर्ने उनले बताए। अघिल्लो सरकार ले वडा का कैयौं गतिबिधिहरुमा अनियमितता देखाएको र जनतालाई उपेक्षा गरेको भन्दै उनले आरोप समेत लगाए। समाज प्रती रुढीबादी अन्धकार मच्चाउने हरुलाई आफ्नो नेतृत्वले निग्ग्रहमा ल्याउने आँटिलो हिम्मत जिसिले देखाए। अघिल्ला दिनहरुमा गरेको समाज सेवा भन्दा आगामी दिनहरुमा फरक र नयाँ सोच का साथ वडालाई समृद्ध बनाउन आफु नेतृत्व को स्थानिय सरकारले जिम्मा लिने जिसि ले बताए। हरेक टोल र वडामा सिमान्तकृत र पिछडिएका वर्गहरुको न्यायोचित उद्धार गरि समाज सुरक्षा का लागि जनता आफू प्रती आश्वस्त रहन उनले आग्रह गरे। जिसिले भने; मेरो प्रमुख प्रतिबद्धता भनेको जनता सँगको यात्रा हो, वडाबासी सबै विश्वस्त रहनुहोला, त्यसका लागि एकपटक मलाई अमुल्य मत दिएर विचार गर्नुहोला।, जोस र हिम्मतका साथ हजुरहरुको घर आगनमा मेरो छाँया परिरहनेछ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.