Fast Nepal News

विमानस्थल निर्माणका लागि संघीय र कर्णाली प्रदेश सरकारबीच पहिलो समझदारी

banner single news

काठमाडौं — आश्विन १६, २०७७।

विमानस्थल निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारबीच पहिलो पटका समझदारी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकार र प्रदेश सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

पर्यटनमन्त्री योगेश भट्टराई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सोही प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको उपस्थितिमा प्रदेश सचिव घनश्याम उपाध्याय र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पौडलबीच हस्ताक्षर भएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

हस्ताक्षरपछि पर्यटनमन्त्री भट्टराईले आयोजना केन्द्रित यो पहिलो समझदारी भएको बताउँदै सम्झौता संघीयता कार्यान्वयनको सन्दर्भमा कोशेढुंगा भएको दाबी गरे । उनले भने, ‘यो हाम्रो पहिलो समझदारी हो । अब प्रदेश १, सुदूरपश्चिम प्रदेशसँग पनि समझदारी गर्नेछौं । विमानस्थल संघीय सरकारको क्षेत्राधिकारभित्र परे पनि यसको हकदार प्रदेश र स्थानीय सरकार पनि भएकाले समझदारीबाट राम्रो प्रतिफल आउने विश्वास छ ।’

Inside Article Ads

विमानस्थल मात्र नभई सरकारी स्वामित्वको नेपाल एयरलाइन्ससँग पनि प्रदेश सरकारले लगानी तथा सञ्चालनमा साझेदारी गर्न सक्ने मन्त्री भट्टराईले बताए । ‘निजी एयरलाइन्सले नाफा हुने ठाउँमा मात्र उडान गर्न खोज्छन् । हवाई सेवा पुग्नैपर्ने ठाउँमा सेवा दिनका लागि नेपाल एयरलाइन्स बलियो हुन आवश्यक छ । यसमा प्रदेश सरकारले पनि लगानी गर्न सक्छ’, उनले भने ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले यो समझदारी प्रदेशका लागि ऐतिहासिक भएको बताउँदै मानव सूचकांकमा पछि परेको कर्णालीलाई कृषि र पर्यटनमार्फत माथि उठाउने दाबी गरे । समझदारीपत्रमा सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिसम्बन्धी प्राविधिक प्रतिवेदनबमोजिम जग्गा अधिग्रहण र मुआब्जा वितरणका नेपाल सरकार मन्त्रिपरिषद्बाट हुने निर्णयका लागि पर्यटन मन्त्रालयमा प्रस्ताव पेस गर्ने, विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिलगायत अन्य आवश्यक निर्माण गरिने उल्लेख रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.