Fast Nepal News

कर्णाली कोरिडोरले आर्थिक वृद्धिमा सघाउँदै

banner single news

डायमण्ड जाेशी
फाल्गुन, १५ हुम्ला
,
कर्णाली करिडोरले जोडिएपछि दक्षिणी हुम्लाका धेरै गाउँमा आर्थिक कारोबार बढेको छ । अदानचुली, ताजाकोट, सर्केगार्ड र चंखेली गाउँपालिकाका गाउँहरू व्यापारिक केन्द्रमा परिणत भएका हुन् ।
नियमित यातायातका साधन चल्न थालेपछि बजार विस्तार हुने क्रम बढ्दै गएको छ । सर्केगार्ड र चंखेलीको सिमाना सलीसल्लामा अहिले २ दर्जन बढी होटल खुलेका छन् भने झन्डै ५० वटा पसल स्थापना भएका छन् । सलीसल्लामा होटल व्यवसाय गर्दै आएका स्थानीय व्यापारीले दैनिक ५ हजार सम्म आम्दानी हुने बताए। स्थानीयका अनुसार यसअघि जहाजमार्फत हुम्ला पुग्नेहरूको पहिलो रोजाइ अहिले सडक यातायात भएको छ । गाडी चलेपछि दैनिक उपभोग्य र निर्माण सामग्रीको मूल्य सस्तो भएको स्थानीय बताउँछन । ‘स्थानीय कृषि उत्पादनले पनि बजार पाइरहेको छ,’ स्थानियले भने ‘उताबाट दैनिक उपभोग्य सामान र खाद्यान्न ल्याएका गाडीहरू यताबाट आलु, सिमी, भाँङो, जडिबुटीलगायत स्थानीय उत्पादन लिएर जान्छन् ।’ निर्माण सामग्रीको सहज आपूर्ति हुन थालेपछि गाउँमा पक्की भवनलगायत संरचना निर्माण हुने क्रम बढेको बताए । सलीसल्लामा अहिले उपभोग्य सामग्रीको सामान झन्डै ३० प्रतिशतले सस्तिएको स्थानीयले बताए ।

उनिहरुका अनुसार अदानचुलीको बालुकुना, ताजाकोटको पैमा, कवाडीलगायत ठाउँमा पनि व्यवसाय विस्तार हुने क्रम बढेको छ । बालाकुनामा मुगु, बाजुरा, कालीकोटलगायतबाट झन्डै २ सय व्यापारी विभिन्न व्यवसायका लागि आएका छन् । ‘माटोले ढलान गरेका घरहरू धमाधम जस्तापाताले छाउन थालिएका छन्,’ उनिहरुले भने, ‘सडक आएपछि युवाहरूले जग्गाको भाउ अकासिएको छ ।’ रोपनीको १ लाख पनि नजाने जग्गा १५ लाख रुपैयाँसम्ममा बिक्री भइरहेको उनको भनाइ छ । बाजुरा र हुम्लाको सिमानामा पर्ने कवाडीमा मात्रै २० भन्दा बढी होलसेल पसल खुलेका छन। कवाडीमा १ सय ५० वटा पसल खुलेका छन् । ‘व्यापार गर्नेहरू बढेपछि जग्गा भाडामा लिने र किनबेच गर्नेहरूको तँछाडमछाड हुन थालेको देखिन्छ, ‘गाउँमा पनि नयाँ र आधुनिक घर बनाउनेहरूको लहर चलेको छ ।’

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.